”नेतृत्व गर्ने व्यक्ति भ्रष्ट भएसम्म संसारको कुनै पनि वादले काम गर्दैन” : रविन्द्र मिश्र

रविन्द्र मिश्र

काठमाडौं, २६ मंसिरभर्खरै दुई पार्टीको एकता भएर बनेको नयाँ विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रले गणतन्त्रको सबभन्दा ठुलो शत्रु भनेको भ्रष्ट, असक्षम र आडम्बरी गणतन्त्रवादीहरु भएको स्पष्ट पारेका छन ।

नेता मिश्रले साझा पार्टी र विवेकशील नेपाली दलको पार्टी एकताको घोषणा कार्यक्रममा यस्तो बताएका हुन । उनले आज आँफुले व्यक्त गरेका कुराको भिडियो समेत सार्वजनिक गरेका छन ।

उनले उक्त भिडियोमा भनेका छन, ‘नेतृत्व गर्ने व्यक्ति भ्रष्ट भएसम्म संसारको कुनै पनि वादले काम गर्दैन । त्यो हामी सबैले महशुस गर्नुपर्छ ।’ गणतन्त्रको सबभन्दा ठुलो शत्रु भनेको भ्रष्ट, अशक्षम र आडम्बरी गणतन्त्रवादीहरु हुन्, जो हरेक भाषणमा भ्रष्टचार विरुद्धको भाषण गर्छन् ।

उनले थपे, ‘प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टचार गर्ने अपराधी हो भनिरहँदा आँफु नै अप’राधी-अप’राधी बिचमा घेरिनु भएको छ, अब यो अवस्थालाई परिर्वतन गर्ने हो भने सुसान, समृद्धि र स्वाभिमान बनाउने दललाई जनताले रोज्नै पर्छ । अन्यथा पञ्चायतको ३० वर्ष एक आपसमा दोष दिएरै बित्यो त्यसपछिको बाँकी ३० वर्ष पनि पार्टी पार्टी बिच दोष लगाएरै बित्यो ।’

उनले देशको अवस्था परिवर्तनको लागी सक्षम, दुर दृष्टिकोण र इमान्दार व्यक्तित्व सत्तामा पुर्‍याउनु पर्नेमा जोड दिँदै भने, ‘अब पनि सक्षम, दुर दृष्टिकोण र इमान्दार व्यक्तित्व सत्तामा नलाने हो भने अर्को ३० वर्ष पनि हामी यत्तिकै बित्छ । एउटा स्पष्ट कुरा केहो भने यो देशको व्यवस्था परिर्वतन हुन्छ तर अवस्था परिर्वतन हुँदैन ।’

रविन्द्र मिश्र

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक