ट्रम्पलाई सर्वाेच्च अदालतबाट अर्को ठूलो झट्का !

डोनाल्ड ट्रम्प

अमेरिकाका चार राज्य जर्जिया, मिचिगन, पेन्सिलभेनिया र विस्कन्सिनको नतिजालाई अवैध ठहर गर्न माग गर्दै यसै साता टेक्सास राज्यले गरेको उजूरीलाई सर्वोच्चले अस्विकार गरिदिएको छ । सर्वोच्चले टेक्सास राज्यसँग यस विषयलाई मुद्दा बनाउने वैध अधिकार नरहेको जनाएको छ ।

यससँगै ब्याटलग्राउन्ड स्टेटको नतिजा उल्ट्याउने राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रयास असफल भएको छ । अमेरिकाका सबै ५० राज्यले आफ्नो मत प्रमाणिकरण गरिसकेका छन् र जो बाइडेन भावी राष्ट्रपति निर्वाचित हुने तय भएको छ ।

निर्वाचनमा धाँधली भएको भन्दै सर्वोच्चमा गरिएको यस उजूरीलाई १८ राज्यका न्यायधिवक्ता र १ सय ६ जना रिपब्लिकन संसद् सदस्यहरुले समर्थन गरेका थिए । यसअघि ट्रम्पले निरन्तर मतदानमा धाँधली भएको आरोप लगाउँदै आएका थिए । उनले निर्वाचनको परिणाम छिनोफानो सर्वोच्च अदालतबाट हुने संकेत गरेका थिए ।

ट्रम्पले निरन्तर रुपमा अवैध भोटका कारण आफु दोस्रोपटक राष्ट्रपति निर्वाचित हुन नसकेको दाबी गर्दै आएका छन् । यद्यपी, पर्याप्त प्रमाण जुटाउन नसक्दा सम्बन्धि राज्यका अदालतहरुले उनको प्रचार समूहले गरेका उजूरी खारेज गरिदिएका थिए । अमेरिकामा सोमबार इलेक्टोरल कलेजको बैठक बस्ने तय छ । यस बैठकले औपचारिक रुपमै जो बाइडेनलाई ४६ आंै राष्ट्रपति चयन गर्नेछ । बाइडेनका पक्षमा ३ सय ६ र ट्रम्पका पक्षमा २ सय ३२ इलेक्टोरल मत देखिएको छ ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर

×

ताजा अपडेट छिटाे जानुहाेस्