कलंकी दुर्घटना: मृत्यु हुनेको संख्या ३ पुग्यो

accident

काठमाडौँ, २७ मङ्सिर। काठमाडौंको कलंकीमा ट्रकले अन्य सवारी साधनलाई ठक्कर दिँदा मृत्यु हुनेको संख्या ३ पुगेको छ भने ५ जना घाइते भएका छन्। काठमाडौँका प्रमुख एसएसपी अशोक सिंहका अनुसार ट्रकले किच्दा ओखलढुंगा घर भएका ३० वर्षीय शंकर दमाई (परियार) को घटनास्थलमै र रञ्जित कुमार चौधरीको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो ।

यस्तै दुर्घटनाग्रस्त ट्रक निकाल्ने क्रममा किचिएको अवस्थामा थप एकजनाको शव फेला परेको हो । फेला परेको व्यक्तिको पहिचान खुलेको छैन । थानकाेटबाट आउँदै गरेको प्रदेश २ ०३००१ ख १४२० नम्बरको मालबाहक ट्रक ब्रेक फेल भएर अनियन्त्रित बनेको प्रहरीले जनाएको छ। ट्रकले अन्य ६ गाडीलाई समेत ठक्कर दिएको डिएसपी अपिलराज बोहराले जानकारी दिए।

ट्रक ठोक्किँदै घरभित्र छिर्दा ट्रकमुनि मान्छे परेका थिए । ट्रकको ठक्करबाट घरको वाल भत्किएको कारण अन्य मान्छे पनि पुरिएको हुनसक्ने बताइएको छ । ट्रक निकाल्ने काम भइरहेको महानगरीय ट्राफिक प्रभाग कलंकीका प्रहरी निरीक्षक पुरुषोत्तम कार्कीले जानकारी दिए ।

यस्तै दुर्घटनामा ३० वर्षीय गणेश शर्मा, २२ वर्षीय साजन खत्री, धादिङ घर भएका ३६ वर्षीय रामचन्द्र सिंखडा, कलंकी घर भएका सुजन मानन्धर, बानेश्वरका २४ वर्षीय विशाल श्रेष्ठ र कास्की घर भएकी सन्ध्या थिङ घाइते भएका छन् । उनीहरुको राजधानीका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर