कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला कोरोना संक्रमित

कृष्णप्रसाद सिटौला

काठमाडौं, २७ मंसिर । कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला कोरोना संक्रमित भएका छन् । शुक्रबार गरेको पीसीआर रिपोर्टमा उनलाई कोरोना पुष्टि भएको हो । आँफू संक्रमित भएको जानकारी सिटौला आफैंले सामाजिक सन्जालमार्फत् दिएका हुन् ।

उनले केही दिनयता आफ्नो निकट सम्पर्कमा रहेकाहरुलाई स्वास्थ्य परीक्षण गराउन अनुरोध गरेका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘हिजो २०७७ साल मंसिर २६ गते गरिएको कोभिड–१९ को पीसीआर परीक्षणबाट मलाई पोजेटिभ देखिएकोले केही दिनयता मेरो नजिकको सम्पर्कमा रहनु भएका सबैले आवश्यकता अनुसार परीक्षण गर्नुहुन र सावधानी अपनाउनु हुन अनुरोध गर्दछु ।’

उनले शुक्रबार स्वाब परीक्षण गराएका थिए । शनिबार बिहान उनको रिपोर्ट पोजेटिभ आएको हो । कांग्रेस महामन्त्री सिटौलाले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी पनि दिएका छन् । उनी हाल होम आइसोलेसनमै छन् । संक्रमण पुष्टि भएका कारण उनी आज बसेको कांग्रेसको आकस्मिक केन्द्रीय समिति बैठकमा गएनन् ।

पार्टीका पूर्व केन्द्रीय सदस्य समेत रहेका प्रजातन्त्रका सेनानी श्यामलाल श्रेष्ठको निधनामा कांग्रेसले शोक प्रस्ताव पारित गरेको छ । आज बसेको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले शोक प्रसताव पारित गरेको हो । उनको शुक्रबार ८० वर्षको उमेरमा निधन भएको थियो ।

प्रजातान्त्रिक आन्दोलन र सघर्षका क्रममा ११ बर्ष जेल जीवन बिताएका श्रेष्ठको निधनमा कांग्रेसले तीन दिन पार्टीको झन्डा झुकाउने र मंसिर २८ गते केन्द्र र मातहतका सबै कार्यालय बन्द गर्ने निर्णय समेत गरेको छ ।

कृष्णप्रसाद सिटौला
कृष्णप्रसाद सिटौला
तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर

×

ताजा अपडेट छिटाे जानुहाेस्