मुलुकको राजनीतिक व्यवस्थाको वि’रोधमा सडकबाट विकल्प खोज्नु उचित होइन

pardasan - प्रर्दशन

काठमाडौं, २७ मंसिर । मुलुकको राजनीतिक व्यवस्थाको वि’रोधमा सडकबाट विकल्प खोज्न नहुने सरोकारवालाहरुले औंल्याएका छन् । पूर्व राज्यमन्त्री ओमकारप्रसाद गौचनको आयोजना गएिको शोक सभामा सहभागी वक्ताहरुले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको विरोधमा केही समयदेखि सडकमा विरोध प्रदर्शन भएपनि त्यसको विकल्प नभएको बताएका हुन् ।

नेकपाका सांसद देवेन्द्र पौडेलले संघीय लोकतान्त्रिक व्यवस्था ल्याउन योगदान नगरेकहरुले गरेको विरोधले लोकतन्त्रको विकल्प सोच्न नसकिने बताएका हुन । उनले नयाँ व्यवस्थामा जाँदा जन अपेक्षा अनुसार काम नभएपनि सुधार गरेर जानुपर्ने बताए ।

कार्यक्रममा वरिष्ठ अधिवक्ता रमन श्रेष्ठले राजनीतिमा नयाँ पुस्ताको वितृष्ण बढ्नु चिन्ताको विषय भएको बताए । उनले राजनीतिलाई कमाइ खाने भाँडोको रुपमा मात्र उपयोग गर्दा राजनीतिक उपलब्धीहरु गुम्ने खतरा रहेको औंल्याए ।

बाग्लुङका पूराना नेता तथा पूर्वमन्त्री गौचनको यही असोज २६ गते काठमाडौंमा निधन भएको थियो । ८५ वर्षीय गौचनको राजधानीस्थित दीर्घायु अस्पतालमा निधन भएको थियो ।

विसं १९९२ मा बागलुङ नगरपालिका–३ नारायणचोकमा जन्मीएका उनी विसं २०४३ मा स्वास्थ्य राज्यमन्त्री भएका थिए । त्यसअघि उनी शिक्षा र सञ्चार सहायक मन्त्रीसमेत बनेका थिए । उनले बाग्लुङमा विद्यालय र पुस्तकाल निर्माण गरेर पञ्चायती व्यवस्था अघि नै जिल्लामा शिक्षादीक्षाको सुरुवात गरेका थिए ।

लुम्बिनी विकास कोषको उपाध्यक्ष भएर मायादेवीको मन्दिर निर्माण सम्पन्न गराएका गौचनले सरकारले विनियोजन गरेको बजेटबाट २ करोड रुपैयाँ बचत गर्दै मन्दिर निर्माण सम्पन्न गरेका थिए ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर

×

ताजा अपडेट छिटाे जानुहाेस्