आज कोरम पुगे, बैठक मंसिर ३० गतेसम्म स्थगित

काठमाडौँ, २८ मङ्सिर। सत्तारुढ नेकपाको आज बसेको स्थायी कमिटी बैठक शोक–प्रस्ताव पारित गरेर पुस १ सम्मका लागि स्थगित भएको छ । लामो समयदेखि रिक्त रहेका संवैधानिक निकायका प्रमुख र पदाधिकारीको नियुक्तिका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको बैठकमा प्रतिपक्षी दलका नेता तथा काँग्रेस सभापति शेरबहादुर देउवा अनुपस्थित भएसँगै कोरम नपुगेर बैठक स्थगित गरिएको हो ।

देउवाले आजको बैठकमा आफू सहभागी हुन नसक्ने यसअघि नै सन्देश पठाइसकेका थिए । काँग्रेसले २९ मंसिरमा ओली सरकारविरुद्ध देशव्यापी प्रदर्शनको तयारी गरिरहेको बेला प्रधानमन्त्रीले बोलाएको परिषद्को बैठकमा नजान पार्टीका नेताहरुबाट दबाब आएपछि देउवाले यस्तो सन्देश पठाएको बताइएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठक केन्द्रीय सदस्य कमानसिंह लामाको निधनमा शोक–प्रस्ताव पारित गर्दै स्थगित भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । सांसद एवं पूर्वराजदूत लामाको कोरोना संक्रमणका कारण विहीवार निधन भएको थियो ।

यसअघि मंसिर २१ मा बसेको बैठक आइतबारसम्मका लागि स्थगित भएको थियो । आजको बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली पनि सहभागी थिए ।बैठकमा अध्यक्ष पुष्पकमल दाहालले लामा र हाइड्रो पावरको सेयर विवादमा पार्टी प्रवक्तालाई मुछेर अनावश्यक प्रचार गरिएको भन्दै भ्रममा नपर्न आग्रह गरेका थिए ।

गत आइतबारको बैठकमा अर्का अध्यक्ष दाहालको प्रस्ताव छलफलका लागि योग्य नभएको भन्दै प्रधानमन्त्री ओली भने अनुपस्थित भएका थिए । मंसिर २८ को सचिवालयमा दाहालले १९ पेजको प्रस्ताव पेस गरेपछि ओलीले मंसिर १३ को बैठकमा ३८ पेजको जवाफी प्रस्ताव पेस गरेका छन् । दुवै प्रस्तावमा एक अर्कामाथि आरोप लगाइएका छन् ।

गत आइतबारको बैठकमा दाहालले पार्टी जीवन विशिष्ट, गम्भीर र संकटपूर्ण परिस्थितिमा पुगेकाले पार्टी एकतालाई केन्द्रमा राखेर र अहिलेको संकटलाई सकारात्मक ढंगले समाधान गर्ने गरी आन्तरिक र अनौपचारिक छलफल गर्ने बताए पनि यसबीचमा यस्ता संवाद भने थोरै मात्र भएको छ ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक

This message is only visible to admins.
Problem displaying Facebook posts. Backup cache in use.
Click to show error
Error: Error validating access token: The session has been invalidated because the user changed their password or Facebook has changed the session for security reasons. Type: OAuthException