तनहुँ, २८ मंसिर । तनहुँका एक युवक मा’दक प’दार्थ सेवन गरेर होहल्ला गरेको गुनासोपछि मंसिर २० मा पक्राउ परे । घिरिङ गाउँपालिका–४ सिप्लुङका बलसिं राना नेपाल पक्राउ परेका हुन् । सोही दिन राना भारतबाट आएका थिए ।
व्यास-२ वागबजार स्थित एक रेष्टुरेन्टमा खाजा खान पसेका उनले मादक पदार्थ सेवन गरेर होहल्ला गरेको गुनासोपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । त्यसक्रममा आँफू माथि ढुं’गा प्र’हार समेत गरेको प्रहरीको दाबी छ ।
एक रात नियन्त्रणमा रहे पछि भोलिपल्ट प्रहरीले प्रशासन कार्यालय पुर्याएर कागज गरेपछि उनलाई छाडेको बतायो । तर, उनी घटनाको भोलि पल्ट बाट बेपत्ता भएका थिए । ‘रानासँग साथमा दुईवटा झोला समेत थियो ।
रिहा भइसकेका राना एकैछिनमा आउँछु भनेर झोला नबोकी बाहिर निस्किए,’ एसपी पौडेलले भने, ‘झोला भएको कारण गाडी खोज्न गएको होला सोचेर जान दियौं । एकछिनलाई भनेर निस्किएका राना साँझसम्म पनि नआएपछि परिवारलाई खबर गर्यौं ।’त्यसपछी रानाको शव शनिबार सेतीमादी नदीमा भेटिएको छ ।
नदीको बीच भागमा अड्किएको उनको शव नेपाली सेनाको कालीभञ्जन गणका सैनिकले डोरीले तानेर झिकेको छ । हिरासतबाट रिहा भएका रानालाई परिवार/आफन्तको जिम्मा लगाइएको थिएन ।
रिहा भैसकेकाले राना आउलान् भन्नठानेको एसपी पौडेलले बताए ।एकाएक बेपत्ता भएपछि व्यापक मात्रामा प्रहरी परिचालन गरेर रानाको खोजी गरिएको थियो ।
परिवारलाई नबुझाइकनै उनी बेपत्ता भएकाले यसको जिम्मेवारी प्रहरीले लिनुपर्ने रानाको परिवारको भनाइ छ । घटनास्थलको जाँच मुचुल्का गरेर मृतक रानाको शव दमौली अस्पतालमा राखिएको छ । घटनाबारे थप अनु’सन्धान भइरहेको प्रहरीले जनाएको छ ।