१० मध्ये ६ जना बालबालिकाको शरीरमा पहिल्यै नै भाइरसविरोधी एन्टीबडी पाइएको वैज्ञानिकको निस्कर्ष

coronavirus mask

वैज्ञानिकहरुले गरेको एक अध्ययनले कोरोनाभाइरसबाट संक्रमित नभएपनि १० मध्ये जना बालबालिकाको शरीरमा पहिल्यै नै भाइरसविरोधी एन्टीबडी पाइएको देखाएको छ । संक्रमित नबनेका ६ देखि १६ वर्षका बालबालिकाहरुमा गरिएको अध्ययनमा ६२ प्रतिशतमा सार्स–कोभ–२ भाइरसलाई पहिचान गर्ने एन्टीबडी पाइएको हो ।

प्रयोगशालामा गरिएको परीक्षणमा शरीरमा पहिले नै रहेको उक्त एन्टीबडीले सार्स–कोभ–२ भाइरसलाई शरीरको काषमा प्रवेश गर्न रोकेको पनि पाइएको थियो । उता, ३ सय २ जना संक्रमित नबनेका वयस्कहरुमा जाँच गर्दा मात्र ५ प्रतिशतमा त्यस्तो एन्टीबडी पाइएको थियो ।

वयस्कको तुलनामा बालबालिकामा पहिले नै कोभिड–१९ विरुद्धको एन्टीबडी रहेको हुँदा उनीहरु कम संक्रमित हुने वा हलुका लक्षिणसहित संक्रमित हुने गरेको वैज्ञानिकहरुको ठहर छ ।

भाइरसको स्पाइक प्रोटिनमा एसवान र एसटु गरेर दुईवटा सबयुनिट रहेको कोरोनाभाइरसमा एसटु धेरे पाइएको पनि अध्ययनमा भनिएको छ । अध्ययनकर्ताहरुले यस एसटु सब युनिटको अध्ययनले भाइरसविरुद्ध प्रभावकारी खोप निर्माणमा सहयोग पुर्याउने सुझाव दिएका छन् ।

त्यस्तै, पहिल्यै रहेको एन्टीबडी र संक्रमित बनेपछि निर्माण भएको एन्टीबडीको अध्ययनले पनि कोभिड–१९ विरुद्ध खोपमा हाम्रो प्रतिक्रियालाई बुझ्न मद्दत गर्ने उनीहरुको भनाइ छ । स्रोत : गाभी डट ओआरजी

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक