काठमाडौँ, २८ मंसिर। नेपालमा आज थप ८३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आइतबार देशभरमा थप ८३० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ४८ हजार ४२३ पुगेको छ।
हाल देशभर १० हजार ९९४ सक्रिय संक्रमित रहेका छन् । यस्तै बितेको २४ घण्टामा १ हजार ५०० जना कोरोना संक्रमण मुक्त भएका छन् ।जससंगै हालसम्म निको हुनेको कुल संख्या २ लाख ३५ हजार ७३१ पुगेको छ ।
त्यस्तै नेपालमा पछिल्लो २४ घन्टामा थप ९ जनाको मृत्यु भएको छ। यो संगै कोरोना भाइरसकाे संक्रमणबाट हालसम्म मृत्यु हुनेकाे संख्या १ हजार ६ सय ९८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ।