अमेरिकामा कोभिड १९ भ्याक्सिन लगाउन सुरु भएको छ । सोमबारदेखि त्यहाँ कोभिड भ्याक्सिन लगाउन सुरु गरिएको हो । सोमबार सुरु गरिएको पहिलो खोप फ्रन्ट लाइनमा काम गरिरहेकी एक नर्स लगाएकी छिन् । न्युयोर्कको लङ आइल्यान्डकी एक नर्सलाई उक्त खोप लगाइएको हो । ती नर्स आइसीयूमा कार्यरत रहेकी थिइन् ।
यो खोप सोमबार अमेरिकाका १५० अस्पतालमा दिइएको छ । अमेरिकाले खोप अभियान अन्तर्गत अर्को सालको अप्रिलसम्म करिब १० करोड मानिसहरुलाई खोप दिने लक्ष्य राखेको छ । अमेरिकामा कोरोना संक्रमणबाट मात्रै करिब ३ लाख जनाको ज्यान गैसकेको छ । एजेन्सी