मनोज गजुरेलसँग विवाहको हल्लामा बर्षा भन्छिन “अनलाइनमा आएको समाचारहरु देख्दा दया लागेर आयो”

Barsha siwakoti

काठमाडौं, ३० मंसिर। हास्यकलाकार मनोज गजुरेलले केही दिन अगाडि आंफुले दोस्रो विवाह गर्न लागेको खुलासा गरेका थिए । उनको उक्त खुलासालाई लिएर सामाजिक संजालमा बिभिन्न टिप्पणी समेत भइरहेका छन् ।

यस्तैमा केही अनलाइन मिडियाले गजुरेल र अभिनेत्री वर्षा शिवाकोटीले विवाह गर्न लागेको समाचार समेत बनाएका छन्। उक्त समाचारले बजारमा हल्ला मच्चाएपछि अभिनेत्री बर्षा शिवाकोटीलाई भने तनाव बढेको छ। यसै कुरालाई लिएर उनले एक स्टाटस पोष्ट गर्दै समाचारको बिषयमा आक्रोस समेत ब्यक्त गरेकी छन् ।

‘बर्षा सिवाकोटी र मनोज गजुरेलको बिहे हुँदै” भनेर बिभिन्न अनलाइनमा आएको समाचार देख्दा दया लागेर आयो’ उनले भनिन् ‘भिजिटर बढाउने नाममा यथार्थ भन्दा निकै बाहिर पुगेर गरिएको प्रचारले नेपालको पत्रकारिता क्षेत्र नै बदनाम बनाएको छ ।’

पत्रकारितामा गलत न्यारेटिक सेट गर्ने हिसावले फैलाईएका यस्ता हल्लाहरुले सहि अर्थमा प्रत्रकारिता गर्ने माथी पनि प्रश्न उठेको अनुमान गरेकी उनले फेसबुकमा अगाडि लेखकी छन् ‘आदरणीय सर, मनोज गजुरेलको र मेरो बाटो अलग छ। मेरो उहाँ प्रति सम्मान सधै उचो नै रहेको छ । हामीलाई जोडेर कु-प्रचार गर्दा कस्को फाइदा होला र ?।

उनी थप्छिन् ‘कलाकार भन्दैमा जे पनि लेख्न पाइन्छ र भन्न पाइन्छ भन्ने मानसिक विक्षिप्तता बेलैमा हटाएको राम्रो ।’

हेर्नुहोस उनको भनाइ जस्ताको त्यस्तै:

“वर्षा सिवाकोटी र मनोज गजुरेलको बिहे हुँदै” भनेर विभिन्न अनलाइनमा आएको समाचारहरु देख्दा दया लागेर आयो । भिजिटर बढाउने…

Posted by Barsha Siwakoti on Sunday, December 13, 2020
तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर

×

ताजा अपडेट छिटाे जानुहाेस्