काठमाण्डौ,३० मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेकी छन् । राष्ट्रपति कार्यालयका प्रवक्ता बद्रिनाथ अधिकारीले जारी गरेको विज्ञप्तिमा संविधानको धारा ११४ को उपधारा १ बमोजिम संवैधानिक परिषद् ९काम, कर्तव्य, अधिकार र कार्यविधि० सम्बन्धी पहिलो संशोधन अध्यादेश जारी भएको हो ।
अध्यादेशले धारा ६ को उपधारा ३ संशोधन गरेको छ । जसअनुसार अब परिषद्का बहुमत सदस्य ९अध्यक्ष प्रधानमन्त्रीसहित ३ सदस्य०को उपस्थितिमा बैठक बस्न सक्नेछ । मंगलबार बिहान बोलाइएको परिषद्को बैठक सभामुख अग्नि सापकोटा अनुपस्थित भएपछि स्थगित भएको थियो । बैठक मंगलबार नै साँझ ५ बजेलाई बोलाइएको छ ।
राष्ट्रपति कार्यालय स्रोतले भने अध्यादेश केही दिनअघि नै राष्ट्रपति कार्यालयमा आएको बताएको छ ।गत वर्षको मंसीर ३ मा पनि मन्त्रिपरिषद्ले संवैधानिक परिषद्का बहुमत सदस्यको उपस्थितिमा निर्णय गर्न सकिने गरी अध्यादेश जारी गर्ने निर्णय गरेको थियो ।