कोरोना कोषको खर्च: १ अर्ब ४० करोड !

Nepali rupees

कोरोना संक्रमण रोकथाम तथा उपचार कोषमा हालसम्म १ अर्ब ७८ करोड ८२ लाख ६३ हजार ३ सय २४ रुपैयाँ जम्मा भएको छ । महालेखा नियन्त्रकको कार्यालयले सार्वजनिक गरेको आम्दानी तथा खर्च विवरणमा सो रकम आम्दानीको रुपमा देखाएको छ । यस्तै खर्च १ अर्ब ४० करोड ३७ लाख ८४ हजार ९ सय रुपैयाँ भएको माहालेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।

५ महिनामा कोषका लागि ४३ करोड २३ लाख ४८ हजार रुपैयाँ आम्दानी भएको छ । कोषमा आर्थिक वर्ष २०७६/७७ बाट १ अर्ब ३५ करोड ५९ लाख रुपैयाँ चालु आर्थिक वर्षका लागि आएको थियो ।

यो वर्ष कोषबाट १ अर्ब ४० करोड रुपैयाँ खर्च भएसँगै अब भने कोषमा मात्र ३८ करोड ४४ लाख ७८ हजार रुपैयाँ बाँकी रहेको महालेखाको तथ्यांकमा उल्लेख छ। सरकारले गत चैतमा यो कोष खोली रकम जम्मा गर्न आहृवान गरेको थियो। कोषमा अधिकांश सरकारी निकाय, बैंक तथा वित्तीय संस्थाबाट रकम सहयोग भएको छ।

कोरोना कोषमा अब ३८ करोड ४४ लाख ४८ हजार ४ सय २४ रुपैयाँ रहेको छ । सरकारको मन्त्रिपरिषदको गत चैत ९ गतेको निर्णय बमोजिम यो कोष सञ्चालनमा आएको थियो। यस कोषमा जम्मा भएको रकम कोरोना रोकथाम तथा उपचारमा खर्च गर्ने, उपचार सामाग्रीको आपुर्ति तथा पूर्वाधार निर्माणमा र सो कार्यका लागि जनशक्ति परिचालनमा खर्च गर्ने भनिएको थियो । तर कतिपयले कोरोना कोषको रकम प्रयोगमै प्रश्न समेत उठाएका छन् ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर

×

ताजा अपडेट छिटाे जानुहाेस्