थप ९३६ जना संक्रमण हुँदा, १४ जनाको मृत्यु भएको मन्त्रालयको पुष्टि

कोरोना

काठमाडौं, ३० मंसिर। पछिल्लो २४ घन्टामा नेपालमा थप ९३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विभिन्न प्रयोगशालामा गरिएको स्वाब परीक्षण रिपोर्ट अनुसार ९ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

योसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ५० हजार १८० पुगेको छ । हाल देशभर १९ हजार ८८१ सक्रिय संक्रमित रहेका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ९९६ जना कोरोना संक्रमित कोरोनामुक्त (डिस्चार्ज) भएका छन् ।

साथै पछिल्लो २४ घण्टामा थप १४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। मंगलबार मात्र कोरोनाबाट थप १४ जनाको मृत्यु भएसँगै अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १७ सय ३० पुगेको छ ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर