कास्कीमा स्वास्थ्य मापदण्ड अपनाउँदै पठनपाठन कार्य पुनः सञ्चालन

विद्यालय

विद्यालयले पनि स्वास्थ्य मापदण्ड अपनाउँदै पठनपाठन कार्य पुनः सञ्चालन गरेको कास्कीको अन्नपूर्ण गाउँपालिका–६ लुम्लेस्थित सिद्ध आधारभूत विद्यालयका शिक्षक सन्तोष सुवेदीले जानकारी दिए । स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउँदै विद्यालय खोल्ने निर्देशन अनुरुप विद्यार्थीलाई भौतिक रुपमा नै विद्यालयमा उपस्थित गराई पठनपाठन शुरु गरिएको उनले बताए ।

कोरोनाका कारण लामो समय देखि बालबच्चा घरमा नै रहँदा उनीहरूको पठनपाठन प्रति अभिभावकले चासो र चिन्ता व्यक्त गरिरहेको बताउँदै सुवेदीले बच्चालाई विद्यालय पठाउन थाले पनि उनीहरूको स्वास्थ्य सुरक्षाप्रति भने सबै सजग बनिरहेको बताए ।

“कक्षा ५ देखि माथिका विद्यार्थी प्रायः सबैजसो स्वास्थ्य सुरक्षाप्रति गम्भीर बन्दै माक्स, स्यानिटाइजर आदिको प्रयोग गर्ने गरेका छन्”, उनले भने, “तल्लो कक्षाका विद्यार्थीका लागि स्वास्थ्य मापदण्डको पालना, माक्स, स्यानिटाइजरको अनिवार्य प्रयोग गराउँदै पठनपाठन गर्न चुनौतीपूर्ण नै छ ।”

बाल्यावस्थाका कारण आफ्ना कापी, कलम समेत खरिद गर्न नसक्ने उनीहरूका लागि माक्स, स्यानिटाइजर आदिको नियमित प्रयोग गराउनु चुनौती रहेको उहाँले बताउनुभयो । पोखरा महानगरपालिकाभित्रका सरकारी तथा निजी सबै विद्यालयमा भौतिक उपस्थितिमा नै पठनपाठन शुरु गरिएको महानगर पालिकाका शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यले जानकारी दिए । उनका अनुसार महानगरपालिका भित्र २०५ सरकारी र १७३ निजी विद्यालय सञ्चालनमा छन् ।

महानगरपालिकाले स्वास्थ्य सम्बन्धी मापदण्ड, विद्यालय सञ्चालन कार्यढाँचा–२०७७ जारी गरेको छ । महानगरपालिकाले विद्यालय सञ्चालन गर्दा अवलम्बन गर्न सकिने मोडालिटी तयार गरी त्यही अनुरुप विद्यालय सञ्चालनमा ल्याएको प्रमुख आचार्यले जानकारी दिए ।

मोडालिटी अनुसार महानगरपालिकाले जारी गरेको कोभिड–१९, स्वास्थ्य सम्बन्धित मापदण्ड अनिवार्यपूर्ण रुपमा पालना गर्दै विद्यालयको भौतिक अवस्था एवम् विद्यार्थी सङ्ख्याका आधारमा विद्यार्थीलाई एकै सिफ्ट वा फरक-फरक सिफ्ट बनाई कक्षा सञ्चालन गर्न सक्ने, भौतिक दूरी कायम गर्दा सबै कक्षा एकै समयमा सञ्चालन गर्न सम्भव नभएमा फरक दिनमा फरक कक्षाका विद्यार्थीलाई कक्षा कोठामा नै अध्यापन गर्न सकिने लगायत विषय समेटिएको छ ।

त्यस्तै एक सिफ्टमा दैनिक अधिकतम ४ घण्टा बढी समय कक्षा सञ्चालन नगर्ने, क्याम्पस सञ्चालनको हकमा कार्य योजना तयार गरी महानगरपालिकाबाट स्वीकृत गराएर मात्रै सञ्चालन गर्ने लगायत विषय मोडालिटीमा उल्लेख छ ।

कास्की, १ पुस । कास्कीमा सरकारद्वारा तोकिएका मापदण्ड अपनाउँदै विद्यालय सञ्चालनमा आएका छन् । कोरोना महामारीका कारण महिनौँ सम्म घरमा बसेका विद्यार्थी विद्यालयमा नै पुगी पढ्न थालेका छन् ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर

×

ताजा अपडेट छिटाे जानुहाेस्