पुरानो गोवरग्याँसको ट्याँकीमा लुकाएको अवस्थामा महिलाको शव फेला पर्‍यो

death

लमजुङ, २ पुष । लमजुङमा ३५ वर्षिय महिलाको ह’त्या भएको छ । सुन्दरबजार नगरपालिका– ४, साविक– दुराडाँडा गाविस– ८ को चारघरे दुराडाँडामा ३५ वर्षिय धनमाया भुजेलको विभ’त्स ह’त्या भएको हो ।

पति ध्रुव भुजेल बिहान काम गर्न घरबाट निस्किएपछि धनमाया घरमा एक्लै थिइन् । प्रहरीका अनुसार उनका श्रीमान् ध्रुव स्थानीय सुन्दरजार नगरपालिका– ३ को दुराडाँडा स्वाँरा स्थित सुरवी गाई फर्ममा साँझ बिहान सरसफाईको काम गर्ने गर्दथे ।

बुधबार विहान पनि ५:३० बजेतिर उठेर ध्रुव गाई फर्ममा कामका लागि हिँडे । ध्रुवकै भनाई अनुसार उनी काममा जाँदा श्रीमती सुतिरहेकी थिइन् । गाई फर्मको काम सकेपछि ध्रुव छिमेकको धारापानी गाउँको एक घरमा दाइँ हाल्ने काममा गए ।

ध्रुवका कान्छा भाइ राजकुमार र जेठा छोरा दाइँ हाल्नका लागि गोरु लिन ध्रुवको घर गए । घरको ढोका खुल्लै थियो । पिंढीदेखि आँगनसम्म रगतका टाटा थियो । भाउजु भाउजु भन्दै बोलाए । कोही नबोलेपछि वरपर खोजे भाउँजुलाई नदेखेपछि छिमेकीलाई खबर गरेर दाजुलाई लिन गएको राजकुमारले बताए ।

बिहान छिमेकीले आँगनमा रगत देखेपछि प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख एसपी गंगाबहादुर थापाले जानकारी दिएका छन् । प्रहरीले धनमायाको शव आँगनको डिलमा रहेको पुरानो गोवरग्याँसको ट्याँकीमा लुकाएको अवस्थामा फेला पारेको हो ।

घाँ’टीमा पछ्यौरा कसिएको र एउटा आँखा पनि फुटेको अवस्थामा प्रहरीले उनको शव फेला पारेको थियो । घ’टना अनु’सन्धा’नका लागि पोखराबाट एक प्रहरी टोली कुकुर सहित घ’टना स्थलमा पुगेको छ । बुधबार साँझ सम्म पनि कुकुरले ह’त्यामा संलग्नको भेउ पाउन नसकेको प्रहरीले जनाएको छ ।

ध्रुवले धनमायासँग दोस्रो विवाह गरेका हुन् । उनी वैदेशिक रोजगारीमा रहेका बेला जेठी पत्नी दोस्रो विहे गरेर गएपछि ध्रुबले धनमाया सँग चार वर्षअघि विवाह गरेका थिए । उनका जेठी पत्नीतर्फ तीन छोराछोरी छन् । घनमायातर्फ भने अहिलेसम्म सन्तान नभएको छिमेकीले जानकारी दिएका छन् । मृतक महिलाको शब पोष्टमार्टमका लागि जिल्ला सदरमुकाम लगिएको छ ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक