काठमाडौं, ३ पुष । आफ्नै साथीलाई नक्कली इमेल आईडीबाट ब्ल्या’कमे’ल गरी पैसा माग्ने एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङ विराटनगर उपमहानगरपालिका वडा नं. ३ घर भई हाल काठमाडौँ बुढानिलकण्ठ नगरपालिका–७ गल्फुटार बस्ने ३३ वर्षीय सुमन रेग्मी रहेको प्रहरीले जनाएको छ ।
चिनेकै महिला साथीलाई अर्धन’ग्न तथा न’ग्न तस्बिर भएको र सो तस्बिरहरु सार्वजनिक नगर्नका लागि ७० लाख माग गरेको बताइएको छ । रेग्मीलाई बिहीबार प्रहरीको साइबर ब्यूरोले पक्राउ गरेको हो ।
रेग्मीले नक्कली इमेलबाट आफ्नै महिला साथीलाई आफूसँग रहेको न’ग्न तस्बिर सार्वजनिक नगरिदिने हो भने ७० लाख मागेको अनु’सन्धा’नबाट खुलेपछि प्रहरीले जिल्ला अदालत काठमाडौँबाट पक्राउ पुर्जी लिएको थियो । पुर्जी लिएपछि रेग्मी पक्राउ परेका हुन् ।
रेग्मीले ति महिला साथीलाई यौ’न उ’त्पीड’न दिने, से’क्स ए’क्स्ट्रो’क्सन गर्ने र न’ग्न तस्बिर सार्वजनिक गरिदिन्छु भन्दे हैरानी दिने गर्थे । पक्राउ परेका रेग्मी माथि विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ को दफा ४७ बमोजिमको क’सुरमा अनु’सन्धा’न भइरहेको प्रहरीले जनाएको छ ।