चमेलिया नदी किनारमा एक महिला मृ’तावस्थामा फेला

मृत्यु

बैतडी, ३ पुष । चमेलिया नदी किनारमा आज बिहान एक महिला मृ’तावस्थामा फेला परेकी छन् । बैतडीको दोगडाकेदार गाउँपालिका–६ चम्तडीस्थित चमेलिया नदी किनारमा महिला मृ’तावस्थामा फेला परेकी हुन् ।

नदी किनारमा मृ’तावस्थामा फेला परेकी अन्दाजी ३५ वर्षीया महिलाको पहिचान हुन नसकेको प्रहरी नायब उपरीक्षक नारायण प्रसाद अधिकारीले जानकारी दिए । आज बिहान ८ बजेतिर स्थानीय नैनसिंह गोयलाले नदी किनारमा महिलाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

गोकुलेश्वर प्रहरी चौकीबाट प्रहरीको टोली घटनास्थलमा पुगेको छ । नदीले बगाएर ती महिलाको शव ल्याएको हुनसक्ने प्रहरीको अनुमान छ । घ’टनाको थप अ’नुसन्धा’नका लागि इलाका प्रहरी कार्यालय पाटनको टोली पनि घ’टना स्थल तर्फ गइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक