सिरहामा चिसोका कारण पाँच जनाको मृत्यु

death

सिराहा, ३ पुष । केही दिनयता बढेको अत्यधिक चिसोका कारण एक साताको अवधिमा सिरहामा पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बरियारपट्टी गाउँपालिका–५ झिझौल निवासी २५ वर्षीय रवीन्द्र यादव, मिर्चैया नगरपालिका–११ गदहवा निवासी २५ वर्षीय अरुणकुमार यादव, कर्जन्हा नगरपालिका–३ बन्दीपुर निवासी ७० वर्षीय बिल्टु महतो, कल्याणपुर नगरपालिका–८ अरङका २३ वर्षीय मो. अब्दुल र नाम ठेगाना खुल्न नसकेका एक जनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

मो. अब्दुल २ गते बेलुका भारतबाट आएर राति खाना खाएर सुतेका उनी आज अबेरसम्म नउठेपछि घरपरिवार उठाउन जाँदा अचेत अवस्थामा थिए । उनलाई उपचारका लागि कर्जन्हास्थित फूलकुमारी मेमोरियल अस्पताल ल्याए पनि उनको मृत्यु भईसकेको थियो ।

प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलका अनुसार यस अवधिमा चिसो छल्न बालिएको घुरमा आगो ताप्ने क्रममा जलेर अन्य पाँच घाइते भएका छन् । उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

यसैबीच चिसो प्रभावित सुखीपुर नगरपालिका–८ र गोलबजार नगरपालिका–१३ का एक सय ५० परिवारलाई स्वदेश लघुवित्त संस्था सुखीपुरले न्यानो कपडा वितरण गरेको छ । सुखीपुर नगरपालिका–८ अस्पतालचोकका एक सय ३० र गोलबजार नगरपालिका–१३ का २० परिवारलाई चिसोबाट जोगिन न्यानो कपडा वितरण गरेको प्रजिअ कणेलले बताए ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक