लम्जुङ ह’त्या प्रकरण : अनै’तिक सम्बन्ध लुकाउन ह’त्या

२० वर्षीय सागर भुजेल र १९ वर्षीय विकास भुजेल

लमजुङ, ४ पुष । सुन्दरबजार नगरपालिका–४ चारघरे दुराडाँडाका ३५ वर्षीया धनमाया भुजेलको ह’त्या आ’रोपमा दुई युवालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयले आज बेँसीशहरमा पत्रकार सम्मेलन गर्दै युवतीको ह’त्या गरेको आ’रोपमा दुई युवालाई सार्वजनिक गरेको हो ।

धनमायाको ह’त्या आफ्नै भतिज र भान्जाले गरेको खुलेको छ । ह’त्या आ’रोपी मृ’तक भुजेलका भतिज २० वर्षीय सागर भुजेल र १९ वर्षीय विकास भुजेललाई लमजुङ प्रहरीले पक्राउ गरेर शुक्रबार घ’टना सार्वजनिक गरेको हो । घ’टना भएको ३६ घण्टामा प्रहरीले ह’त्यारा पक्राउ गर्न सफल भएको छ ।

सागरको नाताले काकी पर्ने धनमायासँग केही महिनादेखि अनै’तिक सम्बन्ध रहँदै आएको र गाउँका बासिन्दाले धनमाया गर्भवती रहेको हल्ला गरेपछि उक्त घ’टना लुकाउन तथा आफैँले व्यहोर्नुपर्छ भन्ने ठानेर ह’त्या गरिएको अ’नुस’न्धान बाट खुलेको उनको भनाइ छ । सागरले उक्त घ’टना लुकाउनका लागि साथी विकाससँग सबै कुरा सल्लाह गरेको र गत मङ्सिर ३० गते बेलुका सागरको घरमा दुवै जनासँगै सुतेर बिहान साढे ५ बजे गएर युवती रहेको कोठामै हत्या गरेको खुलेको प्रहरीले जनाएको छ ।

मंसिर ३० गते राती योजना बुनेका सागर र विकासले पुस १ गते बिहानै मृतकका श्रीमान् काममा बाहिर निस्किएको मौका छोपेर ह’त्या गरेका थिए । मृतक धनमायाका श्रीमान ध्रुव भुजेल छिमेकीको गाई फार्ममा काम गर्ने गर्दथे । सो दिन बिहानै उनी गाई फार्ममा काम गर्न गएका थिए ।

उनी गाई फार्ममा काम गर्न गए/नगएको स्वयम् धनमायालाई फोन गरि निश्चित गरेर अभियुक्त घरमा पुगेका थिए । ‘श्रीमान काम गर्न गए/नगएको धनमायालाई फोनबाट निश्चित गरि घरमा आएको देखिन्छ । अभियुक्तले धनमाया बाहेक गाई फार्ममा काम गर्ने अर्को व्यक्तिलाई पनि फोन गरेका छन्’, डीएसपी थापाले भने, ‘फोनबाट धनमाया एक्लै भएको निश्चित भएपछि अभि’युक्तहरु आएर ह’त्या गरेका छन् ।’

डीएसपी थापाका अनुसार अभि’युक्तद्वयले धनमायालाई सलले घाँटीमा बे’रेर पिँढीमा रहेको जाँतोले थि’चेर ह’त्या गरेका थिए । मृतक धनमायँलाई घि’सारेर बारीमा रहेको गोबर ग्याँसको सेफ्टी ट्याँङ्कीमा फालेर हिँडेका थिए ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर थापाका अनुसार सागरलाई पोखराबाट र विकासलाई आफ्नै घरमा रहेको अवस्थामा पक्राउ गरिएको छ । सागर सशस्त्र प्रहरीमा भर्ना हुनका लागि परीक्षा दिन पोखरा गएका थिए । प्रहरी नियन्त्रणमा रहेका दुवै जनालाई जिल्ला अदालतबाट १५ दिनको म्याद थप गरी ज्या’न सम्बन्धी क’सुरमा मु’द्धा चलाइएको डीएसपी थापाले बताए । दुवैजनाले घ’टना स्वीकार गरेको प्रहरीले जनाएको छ ।

घ’टना भएको दिन बिहानै मृतकको घरमा पुगेका आफन्तले पिढी र आगनमा रगतका दागहरु देखेपछि पच्छाउदै जाँदा सेफ्टी ट्याँकीमा शव भेटेर प्रहरीलाई खबर गरेका थिए । घ’टनाको अ’नुस’न्धानमा डीएसपी थापाको टोली र प्रदेश प्रहरीबाट तालिम प्राप्त कुकुरको समेत सहायता लिइएको थियो।

चितवन माइती रहेकी धनमाया ६ वर्षअघि ध्रुव भुजेलसँग विवाह गरेर दुराडाँडा आएकी थिइन् । डीएसपी थापाले भने, ‘मृतक युवतीको बिहीबार जिल्ला अस्पतालमा पोष्टमार्टम गरिएको र रिपोर्ट आइनसकेकाले गर्भवती भए नभएको खुली सकेको छैन, युवतीका श्रीमान् धुव्र भुजेलले आज नै किटानी जाहेरी दिनुभएको छ ।’

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर