ओलीको निर्णयपछि नेकपा बैठक अन्योलमा

Nekapa नेकपा बैठक

काठमाडौं, ०५ पुष। संसद विघटन र मध्यावधि निर्वाचनमा जाने प्रधानमन्त्री ओलीको प्रस्तावपछि आजका लागि बोलाइएको नेकपा बैठक अन्यौलमा परेको छ । ५ वर्षे कार्यकाल रहेको संसद् संविधानविपरित विघटनको प्रस्ताव गरेपछि अहिले नेकपाका शीर्ष नेताहरु आन्तरिक छलफलमा जुटेका छन् ।

गत पुस १ गते बसेको नेकपा स्थायी समिति बैठकले पुस ५ गते अर्को बैठक बस्ने मिति निर्धारण गरेको थियो । कार्यकारी अध्यक्ष प्रचण्ड निवास खुमलटारमा नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल नारायणकाजी श्रेष्ठ लगायतका नेताहरुबीच छलफल भइरहेको छ । आज बिहानबाट विकसित राजनीतिक परिस्थितिपछि निर्धारित बैठक प्रभावित हुने देखिएको एक नेताले जानकारी दिए ।

संसद विघटन सिफारिस भएपछि यस विषयमा कुराकानी गर्न सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसदहरु छलफलमा जुटेका छन् । प्रधानमन्त्रीले मन्त्रिपरिषद बैठक राखेर संसद विघटन सिफारिस गरेलगत्तै नेकपा सांसदहरु सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा भेला भएका हुन् ।

यता प्रधानमन्त्री ओली समेत दौडधुपमा व्यस्त छन् । संसद विगठन प्रस्ताव गरेसँगै ओलीलाई भेट प्रचण्ड बालुवाटार पुगेका थिए । त्यसपछि ओली शीतलनिवासमा राष्ट्रपतिलाई भेट्न पुगेका थिए । त्यहाँबाट फर्किएर ओली आफ्ना निकटका नेताहरुसँग छलफलमा व्यस्त छन् ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist