चुनाव घोषणापछि मन्त्री नियुक्त गर्नै मिल्दैन: डा.भट्टराई

डा.बाबुराम भट्टराई

काठमाडौँ, १२ पुष। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले चुनावको घोषणा गरेपछि प्रधानमन्त्रीले मन्त्री नियुक्त गर्न नमिल्ने बताएका छन्। जनता समाज पार्टी (जसपा) का अध्यक्ष बाबुराम भट्टराईले प्रधानमन्त्रीले एकातिर संसद विघटन गरेर चुनाव घोषणा गर्ने र अर्कोतर्फ उनै प्रधानमन्त्रीले नयाँ मन्त्री नियुक्त गर्न कुनै हालतमा नमिल्ने बताए।

उनले आफू प्रधानमन्त्री रहँदा तत्कालीन संसदसमेत रहेको संविधान सभा विघटन भई चुनावको मिति घोषणा भएपछि आफूले मन्त्री नियुक्त नगरेको पनि बताएका छन्।

भट्टराई भन्छन ‘मेरो पालामा १२ वटा मन्त्रालय खाली थिए तर मैले मन्त्री नियुक्त गरिनँ, बहालवाला मन्त्रीहरुलाई नै जिम्मेवारी दिएँ मैले आफै ५–६ वटा मन्त्रालय हेरेको थिएँ,’ संसद विघटनविरुद्ध जसपाले काठमाडौंको शान्तिवाटिकामा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै भट्टराईले भने, ‘आवश्यक हुँदा पनि मैले नैतिकताका आधारमा मन्त्री थपघट गरिनँ।’

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले विघटन गरेर प्रतिगमन गर्न खोजेको बताए। ‘प्रतिगमन एकैचोटी आउँदैन, अंश अंशमा आउँछ, ओलीले संसदमा प्रहार गर्ने र राज्यका सबै अंग र निकायहरुमा कब्जा गरेर प्रतिगमन गर्दैछन्।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर