ओलीले बोलाएको बालुवाटार भेलामा गृहमन्त्री बादलको अनुपस्थिति हुँदा पार्टीभित्र अन्योल

गृहमन्त्री बादल

काठमाडौँ, ०६ पुष। आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षधर मन्त्रीहरुले सामूहिक राजीनामा दिएका थिए । त्यो राजीनामा दिने सूचीमा गृहमन्त्री रामबहादुर थापा बादल परेनन् । यही कारण उनी ओली पक्षमा लागेको अनुमान बाहिर आएको थियो ।

सुरुबाटै खुलेका बाहेक केही नेताहरु अझै कुन कित्तामा लाग्ने भन्नेमा अझै अलमलमा छन् । त्यसै मध्येका पूर्व माओवादी समूहबाट गृहमन्त्री समेत भएका सचिवालय सदस्य रामबहादुर थापा बादल यदि पार्टी विभाजन भए कुन कित्तामा लाग्लान् भन्ने विषयलाई चासोका साथ हेरिएको छ ।

वादल हिजो दिनभरका घटनाक्रममा प्रचण्ड समूहका कार्यक्रममा कतैपनि सहभागी भएनन् । यति मात्रै होइन पूर्वमाओवादी समूहबाट मन्त्री भएका ५ जनाले राजनामा दिदाँ बादल र लेखराज भट्टले राजीनामा गरेनन् । यसअघिपनि बादल कुनैपनि समुहमा खुलिसकेका थिएनन्, तर ओलीलाई बढी साथ दिएका थिए । पार्टी विवाद चर्कदै जादा बादलले दुवै अध्यक्ष मिल्नुपर्छ भन्ने मध्यमार्गी लाइन समातेका थिए ।

उनि अहिले कुन पक्षमा छन् भन्नेमा निकै धेरै अनुमान हुन थालेको छ। संसद विघटनसँगै नेकपा नेताहरु केपी शर्मा ओली कि पुष्पकमल दाहाल प्रचण्ड समूहमा लाग्ने भनेर कित्ता क्लियर गर्ने अभियानमा छन् ।

सोमबार विहान बालुवाटारमा भएको बैठकमा नपुगेका बादल पछिल्लो समय सचिवालय बैठकमा पनि ओलीलाई साथ दिन थालेका थिए। तर, केही समयअघि उनी खुमलटारमा प्रचण्डलाई भेट्न पुग्दा अन्तिम समयमा आफूले प्रचण्डलाई नै साथ दिने बताएका थिए ।

आइतबार संसद विघटनपछि राजीनामा नदिएकाले ओली पक्षमा पुगे भनिएका बादल फेरि सोमबार ओलीको भेलामा नपुगेपछि उनी अहिले कुन पक्षमा छन् भन्ने अन्योल बढेको हो।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर

×

ताजा अपडेट छिटाे जानुहाेस्