संसद विघटनलाई अदालतले उल्ट्याउन सक्दैन : प्रधानमन्त्री ओली

kp-sharma-oli

काठमाडौँ, ०६ पुष। प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार आफूनिकट सांसदहरुसँग बालुवाटारमा सोमबार बिहान छलफल गर्दै आफूले गरेको संसद विघटनको निर्णयलाई सर्वोच्चले उल्ट्याउन नसक्ने चेतावनी दिएका छन्।

उनले सांसदहरुसँग भने, ‘मैले संसदको ६४ प्रतिशत बहुमतका आधारमा यो निर्णय गरेको छु, यो निर्णयलाई अदालले उल्ट्याउन सक्दैन।’ आफूलाई पार्टीका कारण सरकारमा रहेर काम गर्न नदिइएकाले आफूले यो निर्णय गर्नुपरेको उल्लेख गर्दै उनले पार्टी फुटाउने आफ्नो कुनै मनशाय नरहेको पनि स्पष्ट पारेका छन्।

‘काम गर्न नदिइएपछि मैले बाध्य भएर यो निर्णय गरेको हुँ,’ उनले भने। अझै पनि आफू एकताबद्ध पार्टीकै पक्षमा रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भने, ‘म कहिल्यै पनि पार्टी एकताको विपक्षमा छैन।’

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर

×

ताजा अपडेट छिटाे जानुहाेस्