प्रधानमन्त्री ओलीले आज देशवासीका नाममा सम्बोधन गर्ने

Kp sharma oli

काठमाडौँ, ०६ पुष। प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीलाई सम्बोधन गर्ने भएका छन् । संसद विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरेको भोलिपल्ट देशवासीलाई सम्बोधन गर्न लागेका हुन् ।

उनले दिउँसो ३ बजे टेलिभिजनमार्फत् सम्बोधन गर्न लागेको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । संसद विघटनको विपक्षमा रहेका संविधानका जानकारहरुले अहिलेको संविधानले बहुमतप्राप्त प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार नदिएको बताउँदै आएका छन् ।

प्रधानमन्त्रीले आज विशेष सम्बोधन गर्ने तय भएको नीजि सचिवालयले जनाएको छ । संसद विघटन भएपछि उत्पन्न राजनीतिक संक्रमणको बारेमा स्पष्ट पार्नका लागि उनले सम्बोधन गर्न लागेको बताइएको छ ।

उनले आजै आफ्ना पक्षका नेता तथा सांसदसँग आफ्नो निवासमा छलफल गरेका थिए । उनले त्यहाँ आफूले बाध्य भएर संसद विघटन गर्न सिफारिस गरेको धारणा राखेका थिए । लोकतन्त्रको रक्षाका लागि आफूले यो कदम चालेको उल्लेख गर्दै उनले जनताले दिएको विश्वास पूरा गर्न नसकेको कारण नयाँ जनादेशमा जाने लागेको कुरा पनि त्यहाँ राखेका थिए ।

प्रधानमन्त्री ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले हिजो आइतबार प्रतिनिधिसभा विघटन गरेका बिषयलाई लिएर सर्वत्र आलोचना भएको छ । जसकारण प्रधानमन्त्रीले आज विशेष सम्बोधन गर्ने भएका हुन्।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर

×

ताजा अपडेट छिटाे जानुहाेस्