टिकटकले लियो २४ बर्षीय युवकको ज्यान

झोलुङ्गे पुल - jholunge pul

दाङ, ०६ पुष। टिकटक बनाउँदा पुलबाट खसेर घाइते भएका एक युवाको मृत्यु भएको छ। दाङको तुलसीपुर उपमहानगरपालिका-१९ बिजौरीका २४ वर्षीय रमेश थापा साथीहरूसँग गाडी लिएर पुरन्धारा झरनामा पिकनिक खान गएका थिए ।

त्यसै क्रममा थापा टिकटक बनाउन भन्दै बबई माथिको झोलुङ्गे पुलमा राखिएको सपोर्ट तारमा झुण्डिएका थिए र पुलबाट खसेर घाइते भएका थिए। उनलाई उपचारका लागि बाँकेस्थित कोहलपुर मेडिकल कलेजमा लगिएको थियो उनको उपचारकै क्रममा सोमबार मृत्यु भएको हो ।

jholunge pool - झोलुङ्गे पुल

२४ वर्ष मात्रै उमेर भएका थापा लामो समयसम्म झोलुङ्गे पुलमा राखिएको सपोर्ट तारमा झुन्डिएपछि हात गलेर उनी झन्डै २० मिटर तल बगरमा खसेका थिए। उनी पुलबाट बगरमा बजारिएका थिए। जसले गर्दा उनको टाउको, अनुहारलगायतमा शरीरका विभिन्न भागमा चोट पटक लागेको थियो ।

टिकटक अथवा कुनै पनि भिडियो बनाउने क्रममा आफ्नो एकदमै ख्याल राख्नुहोल। यस्ता जोखिम खालाका क्रियाकलापले तपाइको ज्यान पनि जान सक्छ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक

This message is only visible to admins.
Problem displaying Facebook posts. Backup cache in use.
Click to show error
Error: Error validating access token: The session has been invalidated because the user changed their password or Facebook has changed the session for security reasons. Type: OAuthException