काठमाडौँ, ०७ पुष। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली पक्षले बोलाएको केन्द्रीय कमिटीको बैठकले पार्टीको प्रवक्ताबाट नारायणकाजी श्रेष्ठलाई हटाएको छ । श्रेष्ठलाई हटाएर प्रदीप ज्ञवालीलाई नयाँ प्रवक्ता चयन गरिएको छ ।
ओली पक्षका केन्द्रीय समिति सदस्यहरु बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ। बैठकबाट ओलीले एकलौटीरुपमा ११९९ सदस्यीय महाधिवेशन आयोजक समिति घोषणा गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली निकटको केन्द्रीय समिति बैठकले श्रेष्ठलाई हटाएर प्रवक्तामा परराष्ट्रमन्त्री तथा पार्टी नेता प्रदीप ज्ञवालीलाई चयन गरेको हो । बालुवाटारमा बसेको केन्द्रीय समिति बैठकले ज्ञवालीलाई प्रवक्ता चयन गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । यसअघि समग्र पार्टीको प्रवक्ता नारायणकाजी श्रेष्ठ रहँदै आएका थिए ।
‘पार्टी प्रवक्ताको नयाँ जिम्मेवारी कमरेड प्रदीप ज्ञवालीले पाउनु भएको छ’, थापाले भने ।