पार्टी विधानमै व्यवस्था नभएको कुरा नेकपा अध्यक्ष अ‍ोलीले गरेको आ’रोप

kp-sharma-oli

काठमाडौँ, ०७ पुष। प्रधानमन्त्री तथा नेकपा पार्टी अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन आयोजक कमिटी घोषणा गरेका छन्। आज बालुवाटारमा बोलाएको आफू निकट केन्द्रीय कमिटीको बैठकबाट उनले ११९९ सदस्यीय महाधिवेशन आयोजक समिति गठनको घोषणा गरेका हुन्।

ओलीले ४४६ सदस्यीय केन्द्रीय कमिटीमा ५५६ जना नयाँ सदस्य थपेर ११ सय ९९ सदस्यीय महाधिवेशन आयोजक समिति घोषणा गरेको बैठकमा सहभागी एक सदस्यले जानकारी दिए।

१९७ जना पछिमात्रै थपिने ओलीले छलफलमा बताएका थिए। पार्टी कमिटीमा अल्पमतमा परेपछि ओलीले सदस्य संख्या थपेरै भए पनि बहुमत पुर्‍याउने कोसिस गरेका छन्। आज मनोनित सदस्यलाई ओलीले सपथ ग्रहण समेत गराएको प्रधामन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

पार्टीको कारवाहीमा परेका केपी शर्मा ओलीले घोषणा गरेको महाधिवेशन आयोजक समिति अवैधानिक रहेको इतर पक्षले बताएको छ । पार्टी विधानमै व्यवस्था नभएको कुरा नेकपा अध्यक्ष अ‍ोलीले गरेको आरोप स्थायी कमिटी सदस्य लिलामणी पोखरेलले लगाएका हुन्।

उनले भने, ‘पहिलो कुरा त उहाँलाई पार्टीको स्थायी कमिटीको बैठकले कारवाही गरेको छ, त्यस अवस्थामा उहाँले कुनै बैठक नै बोलाउन मिल्दैन, बैठक बोलाए पनि बहुमत पुगेको छैन, बहुमत नपुगेको कारण उहाँले निर्णय गर्न मिल्दैन यो अवैधानिक हो ।’ नेता पोखरेलले केन्द्रीय कमिटी भंग गर्ने अधिकार पनि अ‍ोलीसँग नरहेको दावी गरे ।

नेपाल कम्युनिष्ट पार्टीमा ओली समूहले आफू मात्रै बैधानिक भएको दाबी गरेको छ । कार्यकारी अध्यक्ष प्रचण्ड र माधव नेपाल पक्ष अवैधानिक र आधिकारिक नभएको पनि दाबी गरेको छ ।अध्यक्ष महासचिव र माइन्युटबिनाका निर्णयहरु आधिकारिक भनएको नेकपा ओली समूहका प्रवक्ता प्रदीप ज्ञवालीले बताए । उनले पार्टी बिभाजित नभई झन एकताबद्ध भएको पनि बताएका छन् ।

विधानमा यस्तो भनिएको छ

पार्टी विधानको १७ मा पार्टीको एकताको राष्ट्रिय महाधिवेशनको व्यवस्था गरेको छ । राष्ट्रिय महाधिवेशन पार्टीको सर्वोच्च संस्था हुने भनिएको छ । एकताको राष्ट्रिय महाधिवेशन अगामी दुई वर्षभित्र सम्पन्न गरिने उल्लेख गरिएको छ । महाधिवेशनको स्थान, मिति र प्रतिनिधित्व केन्द्रीय कमिटीले तोकेबमोजिम हुनेछ भनिएको छ ।

एकताको राष्ट्रिय महाधिवेशन सहमति र समझदारीका साथ सञ्चालन गर्न महाधिवेशन आफैँले आवश्यक विधि, प्रकृया र संरचना तय गर्ने भनी विधानमा उल्लेख गरिएको छ । त्यस्तै, एकताको राष्ट्रिय महाधिवेशनले पार्टीको विधान, राजनीतिक प्रतिवेदन र आवश्यक अन्य दस्तावेजहरु पारित गर्नेछ । केन्द्रीय कमिटी, केन्द्रीय निकाय र तिनका पदाधिकारी तथा सदस्यहरुको निर्वाचन एकताको राष्ट्रिय महाधिवेशनबाट पारित विधान बमोजिम हुने विधानमा उल्लेख गरिएको छ ।

‘पार्टीको कुनै पनि निर्णय बहुमतबाट हुनुपर्छ, जुन बहुमत ओलीसँग छैन,’ पाेखरेल भन्छन्, ‘उहाँले बाेलाउनु भएको केन्द्रीय कमिटीको बैठकमा ४० प्रतिशत केन्द्रीय समिति सदस्य छैन ।’ नेता पोखरेलले ‘मुस्किलले ३०–३५ प्रतिशत केन्द्रीय सदस्यको निर्णय वैधानिक नहुने’ दावी गरे ।

आज ३ बजेको बस्न लागेको केन्द्रीय कमिटीको बैठकले आवश्यक निर्णय गर्ने उनले बताए । नेकपा अध्यक्ष प्रचण्ड पक्षको केन्द्रीय कमिटीको बैठक बस्नुअघि स्थायी कमिटीको बैठक चलिरहेको छ । स्थायी कमिटीको बैठकले केन्द्रीय कमिटीको एजेण्डा तय गर्ने बताइएको छ । साथै, प्रधानमन्त्री ओलीले घोषणा गरेको महाधिवेशन आयोजक कमिटीको बैठक बारे पनि छलफल गरिने बताइएको छ ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक