के अनुसन्धान अगाडि बढाउन म मर्नुपर्छ ? – बलिउड अभिनेत्री पायल

बलिउड अभिनेत्री पायल

अभिनयबाट राजनीतिमा प्रवेश गरेकी अभिनेत्री पायल घोषले गत सेप्टेम्बरमा निर्देशक अनुराग कश्यपलाई यौ’न शो’षणको आ’रोप लगाएकी थिइन् । यसको अलवा अनुराग विरुद्ध वर्साेवा पुलिस थानामा एफआईआर समेत दर्ता भएको थियो ।

एफआइर दर्तापछि पुलिसले अनुरागलाई थानामा बोलाएर सोधपुछ समेत गरेको थियो। तर, पायल भने पुलिसको अनु’सन्धानबाट अहिले खुसी छैनन्। हालै उनले एक ट्वीटमार्फत पुलिसले अनु’सन्धान ढिलो गरेको आ’रोप समेत लगाएकी छन् । पायलले ट्वीटमा लेखेकी छन् ‘४ महिना भएको छ । मैले प्रमाण दिएपनि अनुराग बिरुद्ध केही एक्सन लिइएको छैन । के अनु’सन्धान अगाडि बढाउन म मर्नुपर्छ ?’

पायलले फेरि अर्काे ट्वीट गरेकी छन्। जसमा लेखिएको छ ‘धेरै समय बितिसकेको छ। मुम्बई पुलिसले राम्रो परिणाम दिन सकेन। मेरो दिलबाटै अनुरोध छ। यो एक महिलाको मामला हो । हामी के उदाहरण पेश गर्दैछौ भनेर ध्यान राख्नुपर्छ ।’

पायलले गत सेप्टेम्बर २०२० मा ट्वीटमार्फत अनुरागलाई यौ’न शो’षणको आ’रोप लगाएकी थिइन् । २०१३ मा अनुरागले आफ्नो घरमा बोलाएर यौ’न शो’षण गरेको पायलको आ’रोप रहेको थियो । त्यसपछि १ अक्टुबर २०२० मा अनुरागलाई पुलिसले सोधपुछ गरेको थियो ।

सोही क्रममा अनुरागले आ’रोप झुटो भएको बताएका थिए । सोधपुछको क्रममा अनु’रागले भनेका थिए ‘पायलले जुन घटनाको कुरा गरेकी छिन् । त्यो समय उनी आफ्नो फिल्मको कामका लागि श्रीलंकामा थिए। एजेन्सी

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक