प्रचण्ड-नेपाल समूहद्वारा ओलीलाई नेकपा अध्यक्षबाट हटाउने निर्णय

काठमाडौँ, ०७ पुष। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहको स्थायी कमिटीले अध्यक्षमा नेता माधवकुमार नेपाललाई ल्याएको छ । सो समूहले केपी शर्मा ओलीलाई हिजै कारबाही गर्ने निर्णय गरेको थियो ।

मंगलबार कार्यकारी अध्यक्षप्रचण्डसहितको ओलीइतर समूहको स्थायी समिति बैठकले माधव नेपाललाई पार्टी अध्यक्ष बनाउने प्रस्ताव गरेको एक स्थायी समिति सदस्यले जनाकारी दिए।

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीलाई कारबाही गरेर नेपाललाई अध्यक्ष बनाउने स्थायी कमिटी बैठकले निर्णय गरेको हो । अहिले बानेश्वरको कार्की ब्यांकेटमा केन्द्रीय समिति बैठक जारी छ । नेकपाको विधानमा दुई अध्यक्ष हुने व्यवस्था छ । अर्का अध्यक्षमा प्रचण्ड नै निरन्तर रहने छन्।

बैठकको निर्णयअनुसार कार्यकारी अध्यक्षको प्रावधान राखिएको छैन । सोहि बारे छलफल गर्न अहिले नेकपाको ओली इतर समूहको बैठक सुरु भएको छ ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर

×

ताजा अपडेट छिटाे जानुहाेस्