नयाँ अध्ययन भन्छ : कम्तिमा ८ महिना सम्म रहन्छ कोरोना रोग प्रतिरोधक क्षमता

fight with corona

संसारभर कोरोना भाइरसको कहर कायम छ । यहीबीच कोरोना विरुद्धको इम्युनिटी अर्थात् प्रतिरोधी क्षमतालाई लिए पनि निकै चर्चा भइरहेको छ । एक नयाँ अध्ययनका अनुसार कोरोना भाइरसबाट निको भइसकेका व्यक्तिमा कम्तिमा ८ महिना सम्म यस भाइरस विरुद्धको रोग प्रतिरोधक क्षमता हुन्छ ।

अर्थात्, एकपटक कोरोनाबाट संक्रमित भइसकेको व्यक्तिमा कम्तिमा आठ महिनासँग यस संक्रमणसँग जुुध्नसक्ने क्षमता हुन्छ । यस अध्ययनले कोभिड-१९ विरुद्धको खोप लामो समय सम्म प्रभावकारी रहने अपेक्षामा पनि बल मिलेको छ ।

यसअघि विगतका अध्ययनहरुले केही महिनाभित्रै कोरोना भाइरस विरुद्ध लड्न क्षमता कमजोर हुने जनाएका थिए । अस्ट्रेलियाको मोनाश विश्वविद्यालयका वैज्ञानिकहरुका अनुसार प्रतिरक्षा प्रणालीभित्र विशिष्ट कोशिकाहरु हुन्छन्, जसलाई मेमोरी बी कोशिका भनिन्छ ।

मेमोरी बीले भाइरसद्धारा हुने संक्रमणलाई याद गर्छ, र फेरि भाइरसको संकेत मिलेमा तेज रुपमा उत्पादनको माध्यमबाट एक सुरक्षात्मक प्रतिरक्षा प्रतिक्रिया उत्पन्न गर्छ । एजेन्सी

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर

×

ताजा अपडेट छिटाे जानुहाेस्