दुुबईमा कोरोना भाइरस विरुद्ध निःशुल्क खोप कार्यक्रम सुरु

फाइजर–बायोन टेक कम्पनीको कोरोना खोप

संयुक्त अरब इमिरेट्स (युएई) को दुुबईमा बुधबारदेखि कोरोना भाइरस विरुद्ध निःशुल्क खोप कार्यक्रम सुरु हुने भएको छ । यहाँ, फाइजर–बायोन टेक कम्पनीको कोरोना खोप प्रयोगमा आउनेछ । यसअघि साउदी अरबले गत साताबाट यस खोपको प्रयोग सुरु गरिसकेको छ ।

दुुबईमा अहिले सम्म ९५ हजार भन्दा धेरै मानिसमा कोरोना संक्रमण देखिएको छ र ६ सय ४२ जनाको ज्यान गइसकेको छ । यसअघि नै युुएई र बहराईनमा चिनियाँ औषधी कम्पनी सिनेफार्मले विकसित गरेको खोपले आपतकालिन प्रयोगको अनुमति पाइसकेको छ ।

चिनियाँ खोपको प्रभावकारीता ८६ प्रतिशतभन्दा धेरै देखिएको क्लिनिकल ट्रायलले देखाएको छ । युुएईको स्वास्थ मन्त्रालयले फाइजर–बायोनटेकको खोपलाई पनि आपतकालिन प्रयोगको अनुमति दिएको त्यहाँको सरकारी समाचार एजेन्सीले जनाएको छ ।

त्यसयता, दुबईको संकट तथा विपद् व्यवस्थापन सर्वाेच्च समितिले ट्वीटरमार्फत बुधबारबाट फाइजरको खोप लगाउने कार्यक्रम सुरु हुने जानकारी दिएको हो । ‘बुधबार दुुबईमा कोरोनाविरुद्ध व्यापक खोप अभियान सुरु हुनेछ,’ मंगलबार ट्वीटरमार्फत सार्वजनिक विज्ञप्तिमा उल्लेख छ ।

मध्यपूर्वकै अर्को देश कतारल पनि फाइजर र बायोनटेकको खोपलाई आपतकालिन प्रयोगको अनुमति दिएको छ । बेलायत, क्यानेडा, अमेरिकालगायत देशमा यसअघि नै फाइजरको खोप प्रयोगमा आइसकेको छ । एजेन्सी

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक