पाँचथर, ९ पुष । पाँचथरको हिलिहाङ गाउँपालिका–५ सुभाङमा एक युवकले ब’ञ्चरो प्रहार गरी आफ्नै श्रीमतीको ह’त्या गरेका छन् । एकतीस वर्षीय धनबहादुर उभरकोटीले गए राति ब’ञ्चरो प्रहार गर्दा उनकी ३० वर्षीया श्रीमती दुर्गामायाको मृत्यु भएको हो ।
टाउकोमा चो’ट लागेर मृत्यु भएको अवस्थामा दुर्गामायाको शव घरैमा फेला परेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी नायब उपरीक्षक दानबहादुर थापाले जानकारी दिए । गएको मध्यरात करिब १ बजे घ’टना भएको स्थानीयवासीले बताएका छन् ।
घ’टना थाहा पाएका छिमेकीले खबर गरेपछि बिहान ३ बजे प्रहरी घ’टना स्थल पुगेको थियो । घ’टनामा संलग्न धनबहादुर फरार रहेको र खोजी कार्य जारी रहेको प्रनाउ थापाले बताए । धनबहादुरले मा’दक प’दार्थ सेवन गरी घर आएको स्थानीयवासी र प्रहरीको अनुमान छ । मृतकका दुई छोरा छन् । घ’टनाबारे अ’नुस’न्धान जारी रहेको प्रहरीले जनाएको छ ।