अब भित्ते राष्ट्रपतिबाट फेसबुके प्रधानमन्त्री बन्ने भए प्रचण्ड – महेश बस्नेत

महेश बस्नेत

काठमाडौै, ९ पुष । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता एवं पूर्वमन्त्री महेश बस्नेतले पार्टी विभाजनमा लागेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ फेसबुके प्रधानमन्त्री बन्ने बताएका छन । एक पटक भित्ते राष्ट्रपति भइसकेका प्रचण्ड पुनः फेसबुके प्रधानमन्त्री बन्ने उनकाे भनाइ छ ।

नेता बस्नेतले बुधबार फेसबुक मार्फत विगठित प्रतिनिधि सभाको नेकपाको सिमित पुर्व सासंदहरुको संसदिय दलको नेता बनेको भन्दै यस्तो बताएका हुन् ।

‘नेपालमा छलाङ्ग, धक्का, क्रमभङ्ग, महाविपत्तिको सिद्धान्तका प्रत्युपादक नेता क. प्रचण्डको ०६४ सालको चुनाव अगाडि भावी कार्यकारी राष्ट्रपति भनेर खुब वाल पेन्ट गराइयो फोटो टाँसियो ।’ बस्नेतले लेखेका छन् ‘संविधान निर्माण गर्दा उहाँले त्यो अडान छोडनु भयो। अनि उहाँहरुले नै भन्ने गरेको बोकाको टाउको देखाएर कुकुरको मासु बेच्ने भनेको संसदीय व्यवस्थामा सम्झौता गर्नुभयो । अनि त्यो सबै नाटक साबित भयो र उहाँको नाम भित्ते राष्ट्रपति रहन गयो ।’

उनले प्रचण्ड नेकपाको सिमित पुर्व सासंदहरुको संसदिय दलको नेता बनेकाले भित्ते राष्ट्रपतिबाट फेसबुके प्रधानमन्त्री बन्ने पक्का भएको भन्दै बधाई भनेर व्यङ्ग्य गरेका छन् । अब प्रचण्ड फेसबुके प्रधानमन्त्री मात्र बन्ने भन्दै बस्नेतले लेख्छन- ‘अब कहिल्यै बन्न नसक्ने प्रधानमन्त्रीको अभिलाषा बोक्नुभएको प्रचण्ड भित्ते राष्ट्रपतिबाट फेसबुके प्रधानमन्त्री बन्ने पक्का छ, हार्दिक बधाई छ ।’

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर

×

ताजा अपडेट छिटाे जानुहाेस्