दाहाल–नेपाल समूहद्धारा आ’न्दोलनका कार्यक्रम घोषणा

दाहाल–नेपाल समूह

काठमाडौँ, ९ पुष । नेकपाको (दाहाल–नेपाल) समूहले आ’न्दोलनका कार्यक्रम घोषणा गरेको छ । बिहीबार बबरमहलमा जारी केन्द्रीय कमिटी बैठकले संसद् विघटनको वि’रुद्ध आ’न्दोलनका कार्यक्रम घोषणा गर्ने प्रस्ताव पारित गरेको हो । बैठकले प्रवक्ता नारायणकाजी श्रेष्ठको संयोजकत्वमा आ’न्दोलन समिति गठन गरेको हो ।

आ’न्दोलनका कार्यक्रम अन्तर्गत पुस १० गते बिहान १० बजे प्रचण्ड–नेपाल पक्षका सबै केन्द्रीय कमिटी सदस्य माइतीघर मण्डलामा उपस्थित हुने र प्रदर्शन गर्ने तय भएको छ । त्यसपछि सोही टोली निर्वाचन आयोगमा जाने तय भएको छ भने शुक्रबार नै २ बजे पत्रकार सम्मेलन राखिएको छ ।

यस्तै ११ गते सातै प्रदेशका कमिटीको बैठक आयोजना गर्ने, १२ गते ७७ जिल्लामा जिल्ला स्तरीय भेला आयोजना गर्ने तय भएको छ । यसैगरी पुस १४ गते राजधानी र सबै जिल्लामा वि’रोध प्रदर्शन आयोजना गरिएको छ भने राजधानीमा थप सशक्त प्रदर्शन गर्ने घोषणा गरिएको छ ।

यस्तै पुस २० गते सम्म सबै नगर, गाउँ पालिकामा पार्टीको बैठक र भेला हुने छ भने २५ गतेसम्म सबै वडा स्तरमा पार्टीका बैठक र भेला आयोजना हुनेछन् । बैठकले सचिवालय, स्थायी कमिटी, केन्द्रीय कमिटी लगायतको पदपूर्ति गर्ने जिम्मा स्थायी कमिटीलाई दिने निर्णय गरेको छ ।

नेकपाको दाहाल–नेपाल समूहको बिहीबार बसेको स्थायी कमिटी बैठकले शुक्रबार सबै केन्द्रीय सदस्य सहित निर्वाचन आयोग र सर्वोच्च अदालत जाने निर्णय गरेको छ ।

शुक्रबार बिहान १० बजे सर्वोच्च र दिउँसो १२ बजे आयोग जाने निर्णय भएको हो । आफूहरू आधिकारिक रहेको दाबी गर्न आयोग र संसद् जीवित छ भनेर देखाउन सर्वोच्च जाने निर्णय भएको स्थायी कमिटी सदस्य भीम आचार्यले जानकारी दिए । स्थायी कमिटी लगत्तै उक्त समूहको केन्द्रीय कमिटी बैठक सुरु भएको छ ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक