अर्नब गोस्वामीको रिपब्लिक टिभी माथि बेलायतद्वारा का’रबाही

अर्नब गोस्वामी

भारतीय टेलिभिजन प्रस्तोता अर्नब गोस्वामीको रिपब्लिक टिभी पछिल्लो समय वि’वादमा तानिएको छ । गोस्वामी यस टेलिभिजनका प्रधान सम्पादक समेत हुन् । यस टेलिभिजनको हिन्दी च्यानल रिपब्लिक भारतमाथि ब्रिटिस ब्रोडकास्टिङ रेग्युुलेटर अर्थात् बेलायतको टेलिभिजन नियमन गर्ने संस्थाले २० लाख पाउन्ड जरिवाना तोकेको छ ।

रिपब्लिक भारत बेलायतमा पनि प्रशारण हुने गरेको छ । टेलिभिजन बहसमा ‘हेट स्पिच’ नियमको उल्लंघन भएको बेलायती अधिकारीहरुले जनाएका छन् । ६ सेप्टेम्बर २०१९ मा प्रकाशित ‘पूछता है भारत’ कार्यक्रममा ‘हेट स्पिच’ अर्थात् घृणा अभिव्यक्तिको प्रयोग भएको र यो अपमानजनक तथा नियमविपरित रहेको अधिकारीहरुले जनाएका छन् ।

बेलायती अधिकारीहरुका अनुसार ‘पूछता है भारत’ को त्यस शृंखलामा पाकिस्तानीहरु वि’रुद्ध घृ’णा फैलाउने भाषण समावेश थियो । अधिकारीहरुका अनुसार कार्यक्रममा राष्ट्रियताका आधारमा भन्दै पाकिस्तानी मानिसहरुबारे अ’पमानज’नक शब्दको प्रयोग गरिएको थियो ।

कोही पनि व्यक्तिको भावनामा यस्ता अ’पमानज’नक टिप्पणीले ठेस पुुर्याउन सक्ने भएकाले बेलायती नियामक संस्थाले यसलाई अ’परा’ध भनेको छ । साथै, नियामक संस्थाले यस टेलिभिजनका लागि निर्देशिका पनि जारी गरेको छ । जस अन्तर्गत च्यानलमा कुनै पनि कार्यक्रमलाई दोहोर्याएर प्रशारण नगर्न निर्देशन दिइएको छ ।

नेपालबारे पनि फैलाएका थिए घृ’णा
नेपालले नयाँ नक्सा जारी गरेपछि आफ्नो टेलिभिजन कार्यक्रम प्रस्तुत गर्ने क्रममा गोस्वामीले नेपालबारे पनि वि’वादित बयान दिएका थिए । नेपाल–भारत वि’वादका समयमा उनको टेलिभिजन प्रस्तुति सन्तुुलित र तटस्थ थिएन । उनले एकोहोरो रुपमा लिम्पियाधुुरा र लिपुुलेकको भूमि भारतको भएको ठहर गरिरहे, तथ्य र प्रमाणबारे बहस र छलफल गर्नै चाहेनन् ।

त्यस्तै, कुनै आधार प्रस्तुत नगरी नेपालले चीनको इशारामा नयाँ नक्सा जारी गरेको दाबी पनि प्रस्तुत गरेका थिए । यस क्रममा उनले नेपाल र नेपालीको भावनामा ठेस पुुग्नेगरी कार्यक्रम बनाएका थिए । -एजेन्सी

अर्नब गोस्वामी
तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर