बेलायतबाट अमेरिका आउने सबै यात्रीहरुको कोभिड–१९ परीक्षण नेगेटिभ हुनुपर्ने

परीक्षण

बेलायतबाट हवाई मार्ग हुँदै अमेरिका आउने सबै यात्रीहरुको कोभिड–१९ परीक्षण नेगेटिभ हुनुपर्ने शर्त अमेरिकाले अघि सारेको छ । उक्त परीक्षण पीसीआर वा एन्टिजेन टेस्ट कुनै पनि एक माध्यमबाट गरिनुपर्ने र त्यो अनिवार्यतः नेगेटभि हुनुपर्ने जनाइएको छ ।

अमेरिकाका सेन्टरर्स फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी)ले बेलायतबाट आउने यात्रुहरुले ७२ घण्टाभित्र कोरोना परीक्षण नेगेटिभ आउनुपर्ने प्रावधान तय गरेको छ । यो प्रावधान आगामी सोमबारदेखि लागू गरिँदैछ ।

बेलायतमा अत्यन्तै संक्रामक प्रकृतिको कोराना भाइरसको संक्रमण फैलिएपछि अमेरिकाले यो कदम चालेको हो । त्यसो त अमेरिकाले यो कदम चाल्नुअघि नै केही अमेरिकी एयरलाइन्सले बेलायतबाट आउने यात्रुहरुको कोभिड–१९ टेस्ट नेगेटिभ हुनुपर्ने शर्त लागू गरिसकेका छन् । एजेन्सी

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर

×

ताजा अपडेट छिटाे जानुहाेस्