जिल्ला प्रशासन कार्यालयले हल सञ्चालकलाई बोलाएपछी…

हल सञ्चालक

कोरोनाका कारण ९ महिनादेखि बन्द रहेको सिनेमा हल खोल्न सरकारले अनुमति दिएको छैन । दशैं अघिदेखि भीडभाड हुने प्रायः सबै क्षेत्र खुलिसक्दा पनि सिनेमा हल खोल्ने विषयमा सरकारले चासो नदिँदा शुक्रवारबाट हल व्यवसायीहरुले एकतर्फी रुपमा सिनेमा हल खोलेका छन् । सरकारले सिनेमा हल बन्द गर्न बल प्रयोग गरे गिरफ्तारी दिन तयार रहेको उनीहरुको भनाई छ ।

सरकारले जारी गरेको स्वास्थ्य सुरक्षाको मापदण्ड पुरा गर्दै तत्काललाई ५० प्रतिशत मात्र दर्शक राख्ने गरेर हल खोलिएको नेपाल चलचित्र संघले जनाएको छ । शुक्रवारबाट सिंगल र मल्टीप्लेक्स दुवै हलहरु खोलिएको छ । आजबाट देशभरका हल सञ्चालनमा आएको नेपाल चलचित्र संघका महासचिव अशोक शर्माले बताए । ‘जसको हलमा आन्तरिक समस्या छ । ती केही हल नखुलेका होलान्’ शर्माले भने ‘अन्य सबै हल आजबाट खुलेका छन् ।’

हल सञ्चालनमा आएपनि रिलिज भने नयाँ फिल्म भएको छैन । कोरोनाका कारण प्रदर्शनकै क्रममा रोकिएका दुई फिल्म ‘आमा’ र ‘सेन्टी भाइरस’ ले पुनः प्रदर्शनको अवसर पाएका छन् । यी दुई फिल्मका अलवा हलिउड फिल्म ‘ब्लडसट’ र ‘दि इनभिजिबल म्यान’ समेत प्रदर्शनमा आएका छन् ।

त्यस्तै, शुक्रवारबाट देशभरका सिनेमा हल सञ्चालनमा आएपछि जिल्ला प्रशासन कार्यालय, काठमाडौंले हल सञ्चालकहरुसँग छलफल गरेको छ । हल खोल्ने विषयमा मन्त्रीपरिषदमा प्रस्ताव पठाउनका लागि जिल्ला प्रशासन कार्यालयले आफूहरुलाई डाकेको शर्माले बताए । ‘अहिलेसम्म मन्त्रीपरिषदमा हल खोल्ने प्रस्ताव नै पुगेको रहनेछ,’ उनले भने ।

जिल्ला प्रशासन कार्यालयले शुक्रवार मन्त्रीपरिषदको बैठकमा सिनेमा हल खोल्ने प्रस्ताव लैजाने उनले बताए । ‘जिल्ला प्रशासन कार्यालयसँगको छलफलमा सरकारले सिनेमा हल खोल्न चासो नदेखाएपछि हामीले बाध्य भएर हल खोलेका हौं भनेर जानकारी गराएका छौं । सरकारले कानुनी रुपमा खोलिदिए राम्रो, नभए पनि हामी सिनेमा हल खोल्छौं भनेर भनेका छौं,’ उनले भने ।

उनी शुक्रवार बस्ने मन्त्रीपरिषदको बैठकले सिनेमा हल खोल्न अनुमति दिनेमा विश्वस्त छन् । यस विषयमा कुनै निर्णय नभए पनि सिनेमा हल खुल्ने उनले बताए । नयाँ फिल्म प्रदर्शन नभएका कारण शुक्रवार सिनेमा हलमा दर्शकको उपस्थिति उत्साहजनक नभएको बताउँदै निर्देशक समेत रहेका शर्माले भने- ‘नयाँ फिल्म प्रदर्शन गर्नका लागि माहोल बनाउन सिनेमा हल खोलेका हौं ।’

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक