साउथ इन्डियन फिल्मका अभिनेता अनिल नेदुमन्गडको मृत्यु

साउथ इन्डियन फिल्मका अभिनेता अनिल नेदुमन्गडको मृत्यु

साउथ इन्डियन फिल्मका अभिनेता अनिल नेदुमन्गडको मृत्यु भएको छ । ४८ बर्षिया अनिलको शुक्रबार पानीमा डुबेर मृत्यु भएको हो । समाचारका अनुसार अनिल साथीहरुसँग नुहाउन मलन्करा बाधमा पुगेका थिए । सोही क्रममा उनको डुबेर निधन भएको हो ।

पानीमा डुब्ने बितिक्कै उनलाई सहयोग कर्मीको मद्दतले बाहिर निकालेर अस्पताल पुर्याइएको थियो । अस्पतालका डाक्टरले उनलाई मृत घोषित गरेका थिए । अभिनेता नेदुमन्गड एक फिल्मको सुटिङको सिलसिलामा थोड्डुपुझामा रहेका थिए । सोही क्रममा उनी साथीहरुसँग नुहाउन बाधमा पुगेका थिए ।

अनिलले टिची अभिनेताको रुपमा अभिनय करियर सुरु गरेका थिए । २०१४ बाट उनले फिल्म अभिनय थालेका थिए । कयौ फिल्ममा उनले सम्झनलायक भुमिका निर्वाह गरेका छन् । अथ्यप्पनम कोशियुम, कम्मतिपादन, पावडा, किस्मत, पैरोल जस्ता फिल्ममा काम गरेर सबैको मनमा बसेका उनी अब सम्झनामा मात्र रहनेछन । एजेन्सी

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर

×

ताजा अपडेट छिटाे जानुहाेस्