मुख्यमन्त्री राई विरुद्ध अविश्वास प्रस्ताव, राई भन्छन, ‘यसको सामना म आरामले गर्छु’

शेरधन राई

काठमाडौं, १२ पुष । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई विरुद्ध नेकपाका बहुमत प्रदेशसभा सदस्यले अविश्वास प्रस्ताव दर्ता गरेपछि प्रदेश सरकार अल्पमतमा परेको छ । राईमाथि आइतबार अविश्वास प्रस्ताव दर्ता भएसँगै भीम आचार्यलाई मुख्यमन्त्रीको प्रस्ताव गरिएको छ । अविश्वास प्रस्ताव दर्ता गर्नेमा ३७ जना सांसद छन् ।

यो प्रदेशमा ९३ सदस्यीय प्रदेश सभामा नेकपामा ६७ जना सांसद छन् । अविश्वास प्रस्तावको पहिलो नम्बरमा सांसद इन्द्र हाङ्वोले हस्ताक्षर गरेका छन् भने ३७ औं नम्बरमा पुर्णचन्द्र राइले हस्ताक्षर गरेका छन् ।

मुख्यमन्त्री राईले भने आफुविरुद्धको अविश्वास प्रस्ताव सुनियोजित ढंगले आएको प्रतिक्रिया दिएका छन् । ‘प्रदेश सरकार असक्षम भएर होइन, काम गर्न नसकेर होइन । मुख्यमनत्रीले नाजायज काम गरेपनि होइन । यो प्रस्ताव सुनियोजित बनिबनाउ र खास ठाउँबाट निर्देशित भएर प्रदेशमा अस्थिरता, अराजकता, निम्त्याउने र संघीयतालाई संस्थागत गर्न नदिन आएको हो’, मुख्यमन्त्री राइको भनाइ छ ।

उनले त्यसरी आएको अविश्वास प्रस्तावको सामना आरामले गर्ने समेत बताएका छन् । ‘यसको सामना म आरामले गर्छु । किनभने विवेक प्रदेश सभामा विवेक भएका सांसदहरु हुनुहुन्छ,’ राईको भनाइ छ ।

शेरधन राई
तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर