बुटवल, १२ पुस । बुटवलको कोरोना विशेष अस्पतालबाट एक जना संक्रमित भागेका छन् । गएको बुधबार कोरोना पोजेटिभ देखिएपछि अस्पतालको आइसियुमा भर्ना भएका बुटवल १३ का बेलावसका ५५ वर्षिया पुरुष आज बिहान अस्पतालबाट भागेको अस्पताल प्रशासनले जनाएको छ ।
उनको आईसीयूमा राखेर उपचार भइरहेको थियो । उनी आईसीयू बाट भागेको अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले बताए । आज बिहान ६ बजे उनी पिसाब फेर्न शौचालय गएका थिए । त्यहि बाट उनी भागेको डा. थापाले बताए ।
उनले भने, ‘हिजो साँझ घर जान्छु भन्नुभएको थियो । आज बिहान ६ बजेतिर पिसाब फेर्न शौचालय जान्छु भनेर निस्कनुभएको थियो । भाग्नुभएछ । हामी खोजी गरिरहेका छौं ।’ आज बिहान परिवारले बिरामीसँग सम्पर्क गर्न खोज्दा अस्पतालमा बिरामी नभएको बिरामीकी श्रीमतीले बताईन् ।
उनले भनिन्, ‘हिजो साँझ फोन गर्दा छिटो मलाई लिन आइज भन्नुभएको थियो । यहाँ म बस्न सक्दिन भन्नुभएको थियो । बिहान बिरामीलाई फोन गर्दा फोन उठेन । अस्पतालमा फोन गर्दा तपाईंको बिरामी छैनन् भनेर भने ।’
उनले अस्पतालकै लापरवाहीले गर्दा यस्तो भएको भन्दै आक्रोश पोखिन् । प्रहरीले उनको खोजी गरिरहेको जनाएको छ । अहिले सम्म फेला परेका छैनन् ।