नेपाल र चीनबीचको सम्बन्ध नयाँ उचाइमाः प्रधानमन्त्री ओली

nepal bhraman

काठमाडौं, १३ पुष। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीनले पछिल्ला वर्षमा आपसी सम्बन्धलाई बलियो बनाउँदै विभिन्न क्षेत्रमा सम्बन्धलाई नयाँ उचाइमा लान पुर्याउन सक्षम भएको बताएका छन् ।

प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा.राजन भट्टराईकाअनुसार चिनियाँ कम्युनिष्ट पार्टीका अन्तरराष्ट्रिय विभागका उपमन्त्री क्वो ये चौसहितको प्रमण्डलसँगको गएराति भएको शिष्टाचार भेटमा प्रधानमन्त्री ओलीले नजिकको छिमेकी र नेपालको मित्रका नाताले चीनले गर्दै आएको सहयोग र सहकार्य यथावत् रहने विश्वास पनि व्यक्त गरे ।

सो अवसरमा उपमन्त्री क्वोले चिनियाँ राष्ट्रपति सि चीनफिङले नयाँ वर्ष २०२१ का लागि पठाउनुभएको शुभकामना सन्देश प्रधानमन्त्री ओलीलाई सुनाउँदै चीन र नेपालबीचको आपसी सम्बन्ध तथा दुई कम्युनिष्ट पार्टीबीचको भाइचारा सम्बन्ध गाढा हुँदै गएकामा खुशी व्यक्त गरेका थिए । उक्त प्रमण्डलले गएराति राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि शिष्टाचार भेट गरेको थियो ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर