आखिर कसरी फैलियो कोरोना महाव्याधि संसारभरि ? उत्तर खोज्दै विश्व स्वास्थ्य संगठन

CORONAVIRUS

कोरोनाभाइरस कहाँबाट उत्पत्ति भयो र यो कसरी मानिसमा आइपुग्यो भन्ने कुरा लामो समयदेखि विवाद र अन्यौलको विषय छ । यही विषयलाई टुंगो लगाउनका लागि अक्टोबरको अन्त्यतिर, विश्व स्वास्थय संगठनका अनुसन्धानकर्ताहरुको एक समुह चीनका विज्ञहरुको एउटा समूहसँग मिलेर गहन अनुसन्धानमा जुटेको छ ।

चीनको उहानमा नयाँ रहस्यमय विरामीले मानिस मरेको एक वर्षपछि आगामी महिनामा डेनमार्कदेखि कतारसम्मका १० जना अन्तर्राष्ट्रिय विशेषज्ञहरु सम्मिलित एक टोली चीन जाँदैछन् । त्यहाँ उनीहरुले मानिस र जनावरहरुको इपिडेमियोलिजिक, भाइरोलोजिक, सेरोलोजिक विषयमा गहन अध्ययन गर्ने छन् ।

विश्व स्वास्थ्य संगठन र चीन सरकारको समन्वय र निरीक्षणमा उक्त समूहले शहरमा भाइरस कसरी देखापर्यो भनेर प्रमाण जुटाउन मध्य चीनको भ्रमण गर्नेछन् । यस कार्यले कसरी र कहाँबाट कोभिड–१९ को शुरुवात भएको भन्नेबारेमा थप अध्ययन गर्नको लागि आधारशीला खडा गर्नेछ ।

‘अहिलेको कोरोना महारीले नयाँ नयाँ रुपमा देखापरेको जुनोटिक–पशुबाट मानिसमा सर्ने) रोगहरुले समाजमा विध्वंशकारी प्रभाव पार्ने देखाएको छ, उक्त अध्ययनका सन्दर्भमा भनिएको छ, ‘अहिले महामारीबारे तथ्यहरु खुलदै जाँदा सार्स–कोभ–२ भाइरस र अरु भविष्यमा देखापर्ने नयाँ भाइरसहरुलाई रोकथाम गर्नको लागि पनि यो महामारी कसरी शुरु भयो भन्नेबारे जान्नबुझ्न जरुरी भएको छ ।’

यस सिलसिलामा विज्ञहरुले विगतका वर्षहरुमा गरिएका अनुसन्धानहरुलाई पनि खोतल्नेछन् । साथासाथै उनीहरुले सन् २००२ को सार्स–कोभ–१ महामाहारीका ऐतिहासिक तथ्यहरुलाई पनि केलाउने छन्, जसले गर्दा सार्स–कोभ–२ नामाकारण गरिएको नयाँ कोरोनाभाइरस पहिले कुन जनावरमा देखापर्यो र पछि त्यो मानिसमा फैलियो भन्नेबारेमा थाहा पाउने कार्य गर्न मद्दत गर्नेछ ।

तर यो अध्ययनमाथि प्रश्न भने उठ्ने गरेको छ । विशेषत ः यस अध्ययनको मुख्य साझेदार चीन हुनु र महामारीको राजनीतिक चरित्रका कारण अहिलेसम्म १७ लाखभन्दा बढीको ज्यान लिइसकेको तथा विश्व अर्थतन्त्रलाई आघातित गरेको महामारीको उत्पत्ति कसरी भयो भन्नेबारेमा अनुसन्धान गर्नु निक्कै चुनौतीपूर्ण छ ।

कोलम्बिया युनिभर्सिटी स्कुल अफ पब्लिक हेल्थका भाइरोलोजिस्ट एन्जेला रासमुस्सेनका अनुसार ‘विश्व स्वास्थ्य संगठनले चीन जानको लागि एउटा टीम गठन गरेको छ र त्यसले चीनका सहकर्मीहरुसँग मिलेर भाइरसको उत्पत्ति कहाँबाट भयो भन्नेबारे अनुसन्धान गर्नेछ । तर त्यस कार्यको लाग चीन सरकार र त्यहाँका वैज्ञानिकहरुको ठूलो सहयोगको खाँचो पर्नेछ ।’ उनको भनाइमा यस किसिमको सघन र सतर्कतापूर्वक गरिनुपर्ने अनुसन्धानका लागि निक्कै जटील राजनीतिक अवस्था र सन्दर्भ पैदा हुनेछ ।

बजारमा आएका अनुसन्धानहरु

कोरोनाभाइरसका केस सबैभन्दा पहिले सन् २०१९ को अन्त्यतिर चीनको ऊहानबाट शुरु भयो । त्यसबेला चिनियाँ मिडियाहरुले त्यसलाई शहरका वासिन्दाहरुमा देखापरेको श्वासप्रश्वाससम्बन्धी नयाँ ‘रहस्यमय’ रोगको रुपमा चर्चा गरे र त्यसको सम्बन्ध समुद्री माछा तथा जीवहरुका साथै अन्य थुप्रै किसिमका जीवजन्तुहरुको व्यापार हुने हुनानको बजारसँग हुन सक्ने उल्लेख गरे ।

पहिलो चरणका अध्ययनहरुले कोभिड–१९ महामारकिो सन्दर्भमा सबैभन्दा महत्वपूर्ण र भ्रम निवारण गर्ने प्रश्न –यो महामारी फैलिनमा बजारले कस्तो भूमिका खेल्यो– त्यसको कुनै भूमिका थियो भने त्यस स्थानमा सबैभन्दा पहिलो भाइरस कसरी पुग्यो– भन्ने कुराको उत्तर खोज्ने कोशिश गरेको थियो ।

विश्व स्वास्थ्य संगठनले पहिले नै स्वीकारिसकेको तथ्य हो कि थुप्रै अनुसन्धानहरुका बाबजूद ‘ऊहानमा भायरस कसरी, कहाँबाट र कहिलेदेखि भाइरस फैलिन शुरुभयो भन्नेबारेमा अत्यन्तै कम जानकारी उपलब्ध छ । महामारी शुभरु भएका प्रारम्भिकदिनहरुका सन्दर्भमा प्रारम्भिक तथ्यहरु उपलब्ध नरहेको स्थिति, हुनानको बजारमा बेचिने जनावरहरुका किसिम र संख्या, त्यहाँको यात्रा विवरण र त्यहाँ काम गर्ने र सरसामान खरिद गर्ने मानिसहरुको संक्रमणसँग साक्षात्कार हुने अन्य पक्षहरुका बारेमा जवाफ खोज्नु निक्कै कठिन कुरा हो ।

फेरि हुनानको बजार नै संक्रमणको स्रोत हो, जसले मानिसबाट मानिसमा उक्त संक्रमणलाई बढोत्तरी रुपमा सार्ने काम गर्यो भन्ने कुरा अझै अस्पष्ट रहेको कुरा विश्व स्वास्थ्य संगठनले उल्लेख गरिसकेको छ ।

त्यसो त चीनका स्वास्थ्य अधिकारीहरुले संक्रमणका प्रारम्भिक दिनहरुमा बजारलाई बन्द गर्ने तथा त्यहाँ रहेका चीजबीजहरुलाई नष्ट गर्ने सिलसिलामा थुप्रै प्रमाणहरु नष्ट भइसकेको कुरा पनि यस अध्ययनको सिलसिलामा एउटा चुनौतीको रुपमा नै देखापर्ने छ । यो अवस्थामा स.क्रमणको प्रारम्भिक चरणमा सो क्षेत्रमा भ्रमण गर्ने वैज्ञानिकहरुमाथि नै कुराहरु निर्भर रहनेछ ।

ती प्रमाणहरु जानाजान नै नष्ट गरिएका हुन् वा होइनन् भन्ने कुरा अझै अज्ञात छ । तर युनिभर्सिटी अफ हंगकंगका माइक्रोबोयोलोजिस्ट युऐन क्वोक–युङले वीवीसीलाई गत जुलाईमा बताएअनुसार, त्यहाँ हेर्नका लागि केही छैन । उनी र अरु अनुसन्धानकर्ताहरुको एक टोली चीनको नेशनल हेल्थ कमिसनको अनुसन्धान टोलीको रुपमा मध्य जनवरीमा त्यहाँ पुगेका थिए । उनको भनाइमा त्यहाँका बजार अपराध थलो जस्तै गरी पूर्ण रुपमा सरसफाइ गरिसकिएको थियो ।

यो शताब्दीकै सबैभन्दा खराब महामारीको सन्दर्भमा उक्त बजारको भूमिका अस्पष्ट त छ, तर सबैभनदा पहिलो कोभिड–१९ मानिसमा कहिले देखापर्यो भन्ने कुराको उत्तर खोज्ने क्रममा धेरै प्रगति भने भएका छन् ।

‘सबैभन्दा पहिले मानिसमा कोभिड–१९ को पहिलो संक्रमण अक्टोबरको अन्त्य र मध्य नोभेम्बरका पहिलो चरणमा देखापरेको हुन सक्ने अनुमान गरिएको छ,’ रासमुस्सेन भन्छिन्, ‘फेबु्रअरीमा लान्सेटमा प्रकाशित एक रिपोर्टले पहिलो केस निश्चितै रुपमा डिसेम्बर १ मा भएको देखायो र ती संक्रमित व्यक्तिको ऊहानको माछामासुबजारसँग कुनै सम्बन्ध थिएन । त्यहाँको माछामासुबजार संक्रमणलाई तीब्र रुपमा फैलाउने थलो बन्यो तर त्यो नै जनावरबाट मानिसमा भाइरस फैलिने घटना थिएन, सम्भवतः त्यसअघि नै मानिसमा कोरोनाको संक्रमण भइसकेको थियो ।’

श‌काको सुई चमेरामाथि नै

ऊहानबाट कोरोनाभाइरस फैलिएको हो होइन भन्ने कुरा अझै रहस्यमय नै छ, अनुसन्धानकर्ताहरुसँग कोरोनाभाइरसले मानिसलाई संक्रमण कसरी गर्यो होला भन्नेबारे परिस्थिजन्य र उत्पतिजन्य तथ्यहरु भने उपलब्ध छन् ।

समुद्री जीवहरु बाहेक, ऊहानको माछाबजारमा बन्यजन्तुका कारोबार गर्ने १० वटा पसलहरु पनि थिए । ती जीवहरुमध्ये कतिपय अझै पनि चिनियाँ परम्परागत औषधीका रुपमा प्रयोग हुन्छन् र परिकारका रुपमा खाइन्छन् पनि– विश्व स्वास्थय संगठनको एउटा दृष्टान्तमा भनिएको छ ।

नेचर जर्नलमा जुलाइमा प्रकाशित एक अध्ययन रिपोर्टअनुसार, विश्व स्वास्थ्य संगठनले थुप्रै जीवहरुलाई मानिसमा कोरोनाभाइरसको संक्रमण सार्ने मुख्य स्रोतको रुपमा चिन्हित गरेको छ । तीमध्ये एउाट मयालयन पांगोलिन (सालक) पनि हो । लोपोन्मुख जीवको रुपमा सूचीकृत यो जीव चीनमा व्यापक मात्रामा पुर्याइन्छ, पछि यो जीवमा सार्स–कोभ–२ सँग ९२.४ प्रतिशत मिल्दोजुल्दो भाइरस फेला परेको थियो ।

त्यस आधारमा सालकबाट सबैभन्दा पहिले कोरोनाभाइरस संक्रमण सरेको अनुमान गरिएको थियो ।

तर त्यसपछि भएका अध्ययनहरुले सालकभन्दा पनि चमेराबाट सरेको हुन सक्ने देखाएके थियो । त्यसबाहेक, डेनमार्कमा व्यापक रुपमा पालिने युरोपियन मिन्कमा पनि कोरोनाभाइरस फेला परेको थियो ।

खतराको सूचीमा चढेको तथा लोपोन्मुख अवस्थामा पुगेको, अत्यन्तै भारी मात्रामा चोरी व्यापार हुने गरेको सालक मानिसमा कोरोनाभाइरस सार्ने सम्भाव्य स्रोतको रुपमा अध्ययनले देखा पनि त्यो भाइरसको मूल स्रोत चाहिँ चमेरा रहेको र चमेराबाट सालक हुँदै मानिसमा सरेको हुन सक्ने अनुमान गरिएको छ ।

‘पछिल्ला २० वर्षमा देखापरेका सार्स, मेर्स लगायतका अन्य बिटा भाइरसहरु जस्तै यो कोरोनाभाइरसको जिनोमिक प्रमाणहरुले यसको उत्पत्ति थलो चमेरा हुन सक्ने देखाएको छ । यो मानिसले ल्याबमा बनाउको हो भन्नेबारे कुनै संकेत फेला परेको छैन । यो अध्ययनको क्रममा वा ल्याबमा भएको दुर्घटनाको परिणामस्वरुप फैलिएको हो भन्नेबारेमा कुनै प्रमाण छैन,’ रासमुस्सेन भन्छिन् ।

पहिलो सार्स भाइरस २० वर्ष पहिलो चीनको ग्वान्जोमा देखापरेको थियो । सन् २०१७ मा चीनका वैज्ञानिकहरुले सो भाइरस चीनको युनान प्रानतका गुफामा पाइने हर्ससु चमेराबाट मानिसमा सरेको तथ्य फेला पारेका थिए । सो चमेराका सम्पर्कमा आउँदा वा तिनका विष्टा मलको रुपमा संकलन गर्दा सो भाइरस मानिसमा सरेको हुन सक्ने अनुमान गरिएको थियो ।

कतिपय अनुसन्धानहरुले चाहिँ सिभेट बिरालोबाट मानिसमा सो भाइरस सरेको हुन सक्ने देखाएको थिो । तर त्यहाँ पनि मूल सेत चाहिँ चमेरा नै हुन सक्ने देखाएको थियो । अहिले भाइरोलोजिस्टहरु त्यस ऊहानको बजारमा त्यही किसिमको परिदृश्य पदा भएको हुन सक्ने ठान्छन् । उनीहरुा अनुसार, मध्य जाडो मौसमको चिसाले भाइसरलाई फैलिनको लागि अनुकूल स्थिति पैदा गरिदिएको हुन सक्छ ।

यो कुरा नै सबैभन्दा प्रश्न योग्य रहेको जीववैज्ञानिक पिटर दासजाक ठान्छन् । उनी विश्व स्वास्थ्य संगडठनको अन्तर्राष्ट्रिय विज्ञहरुको समूहमा संलग्न विशेषज्ञहरुमध्येका एक हुन् । उनले चीनको हर्ससु चमेरा कोभिड–१९ को मूलस्रोत हुन सक्ने सम्भावनाबारे गरिएका थुपै्र अनुसन्धानहरुमा संलग्न भएर काम गरिसकेका छन् ।

२० वर्ष पहिले भएको पहिलो सार्सको महामारीको स्रोत दक्षिण पश्चिम चीनमा रहेको युनानको एउटा गुफामा पाइने हर्ससु चमेरा रहेको पाइउको थियो । त्यसबेला चमेरा र मानिसबीच भाइरस फैलाउने माध्यमको रुपमा चिन्हित गरिएका हज्जारौं सिभेट बिरालोको संहार गरिएको थियो । अहिले सन् २०२१ को शुरुवातमा विश्व स्वास्थ्य संगठनका विज्ञहरुका समूहले पनि त्यस किसिमको सम्भावनाबारे अध्ययन गर्नेछन् । यो प्रजातिको चमेरा आफ्ना गुफा छाडेर धेरै परसम्म यात्रा गर्दैन । तर यसको बसोबास थलोको रुपमा रहेको चुनढुंगायुक्त स्थानको फैलावट चीनसँग सीमा जोडिएका छिमेकी म्यानमार र लाओससम्म पनि रहेको कुरालाई सतर्कतापूर्वक ध्यान दिनुपर्नै कुरा दासजाक औंल्याउँछन् ।

उनी भन्छन्, हामी अहिले चीको चमेरामा मात्रै अध्ययन गर्दैछौं । हामी स्मिा जोडिएका देशहरुमा जाँदैछैनौं । यसले क्षेत्रका बारेमा केही गलत दृष्टिकोण पैदा गरिदिनेछ । अहिलेसम्म हामीले पाएका सयौं जेनेटिक सिक्वेन्सहरुमध्ये हामीले ती भाइरसहरुको मात्रै विश्लेषण गर्न सक्नेछौ. र त्यसको लागि एउटा आधार थलो दक्षिणपूर्वी चीनको युनान मात्रै हुनेछ,’ दासजाक भन्छन्, ‘ग्वान्दोङ पनि अर्को हटस्पट हो । हामीले भियतनाम, म्यानमार, वर्माबाट नमूना संकलन गरेका छैनौं…सार्स कोभिड– २ को उत्पत्तिथलोको पुर्खा ती देशहरु पनि हुन सक्छन्, तर हामीलाई थाहा छैन ।’

उनको विचारमा ‘ऊहानभन्दा बाहिर पनि केही समय भाइरस फैलिइरहेको हुन सक्छ रत कमजोर स्वास्थ्य क्षेत्रका कारण त्यो पहिचानमा नआएको पनि हुन सक्छ ।’

कदाचित यो भाइरस चीनको ग्रामीण क्षेत्रबाट आएको हो भने यो महामारीको स्रोत पहिचान गर्ने सम्भावना न्यून छ । हुन सक्छ, पहिलो यो महामारीलाई निमोनिया ठानिएको थियो, वा यो पनि हुन सक्छ कि यो महामारी कम कूल ग्राहस्थ उत्पादन भएको म्यानमारको सीमा क्षेत्रतिरबाट पनि उत्पत्ति भएको होस्,’ दासजाक भन्छन् । यो भाइरसको संक्रमण शहरबजारतिर फैलिएको शुरुवाती चरणमा मात्रै यर्ला पहिचान गर्न सजिो हुन्छ । यो भाइरसको पहिलो प्रमाण ऊहानमा फेला पर्यो तर यो अन्यत्र कतैबाट शुरु भएको पनि हुन सक्छ ।

हल्लाखल्ला

त्यसो त कोरोनाभाइरसको उत्पत्ति थलो चीन नभएर युरोप हुन सक्ने आवाज पनि उठ्ने गरेका छन् । खासगरी, चिनियाँ मिडियाहरुले त केही अध्ययनहरुको हवाला दिँदै यसको मूल उत्पत्ति थलो अमेरिका, इटाली हुन सक्ने सम्भावनालाई पनि बारम्बार देखाउँदै आएका छन् । यद्यपि यो छुट्टै अध्ययन र विश्लेषणको विषय हो ।

अहिलेसम्म प्रमाणले पुष्टि नगरेसम्म कोरोना महाव्याधिको उत्पत्तिथलो चीन नै हो,’ जर्जटाउन युनिभर्सिटीको सेन्टर फर ग्लाबल हेल्थ साइन्स एण्ड सेक्युरिटीका एसिस्टेन्ट रिसर्च प्रोफेसर क्लेरी स्टान्डली भन्छिन् । उनको भनाइमा, यो भाइरस हुने चमेरा मूलतः मधय तथा दक्षिण चीनमा पाइनछ । अन्य प्रमाणहरु फेला नपरेसम्म हालसम्मको इपिडेमियोलोजिकल प्रमाणहरुले सन् २०१९ को नोभेम्बरमा चीनमा संक्रमित देखापर्नुअघि अन्यत्र कतै संक्रमण देखिएको थिएन ।

स्रोतः अलजजिरा

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर