भुक्तानी नपाइ सम्झौता भएको खबर सुनेर हृदयघात एक उखु किसानको मृत्यु

उखु किसान

काठमाडौँ, १४ पुष। बक्यौता माग गर्दै १६ दिनसम्म माइतीघरको आन्दोलनमा सहभागी ६५ वर्षीय उखु किसानको हृदयघातका कारण मंगलबार निधन भएको छ ।सर्लाही धनकौल छोटवल टोलका नारायण राय यादवको मंगलबार बिहान शहीद गंगालाल हृदय रोग केन्द्रमा उपचारका क्रममा निधन भएको आन्दोलनमा सहभागी अर्का किसान मुकेश ठाकुरले बताए ।

उनलाइ मंगलबार विहान हृदयघात भएको थियो ।मृतक यादवलाई बैंकको १८ लाख रुपैयाँ ऋण रहेको चौधरीले बताए । पैसा नलिई आन्दोलन नत्याग्ने बताउँदै आएका यादव सोमबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको बार्ता र सहमतिमा सहभागी थिएनन् ।चाबहिलको कृष्ण प्रणामी मन्दिरमा बसेर यादव काठमाडौंमा जारी आन्दोलनमा सहभागी थिए ।

आन्दोलनमा भगतका साथ आएका मुकेश ठाकुरले भने, ‘यो भुक्तानीको विषयलाई लिएर वहाँ पहिलेदेखि नै तनावमा हुनुहुन्थ्यो । भुक्तानी नै नलिइकन सम्झौता भयो भनेर रातिदेखि नै चिन्तित हुनुहुन्थ्यो । विहान अचानक उहाँको छाती दुख्यो भनेर ट्वाइलेट जानु भएको वहाँ त्यहीँ बेहोस भएर ढल्नुभयो । हामीले तत्कालै हेल्पिङ ह्याण्ड अस्पतालमा भर्ना गर्यौँ ।

त्यहाँ डाक्टरले छाती थिचेर प्रेसरहरु दिएर हेर्नुभयो अवस्था नाजुक छ भन्दै थप उपचारका लागि उहाँलाई गंगालाल हृदय रोग केन्द्रमा रिफर गर्नुभयो । त्यहाँ नै उपचारको क्रममा उहाँको मृत्यु भयो ।’ चार–पाँच वर्षदेखि करिब २५ लाख रुपैयाँ भुक्तानी लिन बाँकी रहेको ठाकुरले बताए । उनको व्यवसाय नै उखु खेती हो । उखु खेतीबाट नै उनको परिवार चल्छ ।

भुक्तानी नपाउँदा सबै लथालिङ अवस्थामा पुगेको छ । खेती र घरपरिवार चलाउनका लागि उनले साहु महाजनबाट ऋण पनि लिएका छन् । उद्योगीले भुक्तानी नदिँदा न ऋण तिर्न सकिरहेका थिए न घरपरिवार ठीकसँग चलाउन सकिरहेका थिए । त्यसले गर्दा उनी तनावमा थिए ।

यसपाली उनी ठूलो आशा लिएर काठमाडौं आएका थिए । भुक्तानी लिएरै नै घर फर्किने मनस्थिति थियो । तर अचानक यस्तो सम्झौता भएपछि उनी दुःखी भएका थिए । ‘सरकारले २१ दिनभित्र भुक्तानी गराउने भनेको छ । २१ दिनभित्र भुक्तानी हुने नहुने निश्चित पनि छैन,’ ठाकुर भन्छन् ।

अन्य किसानहरु पनि यो सम्झौताबाट खुसी छैनन् । आन्दोलनका अगुवाहरुले किसानलाई यसपाली भुक्तानी लिएरै काठमाडौँबाट फर्किने गरि आन्दोलनमा सहभागी गराउन जिल्ला जिल्लाबाट मगाएका थिए । उनीहरु पनि त्यही तयारीका साथमा काठमाडौं आएका थिए । आन्दोलन शुरु गरेपछि अलिअलि भुक्तानी दिन शुरु पनि भएको थियो । तैपनि माइतीघरमा धर्ना दिने कार्य जारी नै थियो ।

यसअघि पुस ५ गते पनि सरकार र आन्दोलनकारीबीच वार्ता भएको थियो तर त्यो वार्तामा आन्दोलनकारीले पुरै भुक्तानी नभएसम्म आफूहरु काठमाडौँ नछाड्ने र आन्दोलन जारी राख्ने अडान लिएर फर्केका थिए । त्यसदिन पनि सरकारले २१ दिनभित्र किसानको सम्पूर्ण बक्यौता रकम उपलब्ध गराउने र त्यो अवधिमा भुक्तानी दिएन भने कानुनअनुसार कारवाही गर्ने प्रतिबद्धता जनाएका थिए ।

तर किसान आन्दोलनका अगुवा नेता राकेश मिश्रले बरु आफूहरु २१ दिनसम्म सडकमै बस्ने, शान्तिपूर्ण आन्दोलन गर्ने, मौन बस्ने तर भुक्तानी नलिइ काठमाडौं नछाड्ने भन्दै त्यहाँबाट निस्केका थिए । तर अहिले धेरै किसानलाई जानकारी नै नदिइ राकेश मिश्रले अचानक सरकारसँग सम्झौता गरेको किसानहरुले आ’रोप लागाएका छन् ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर