बेलायतमा अस्ट्राजेनिकाद्वारा विकास गरिएको कोभिड–१९ विरुद्धको खोपलाई मान्यता

कोरोरा विरुद्धको खोप

फाइजर र मोडर्नाको तुलनामा केही कम प्रभावकारी देखिएको अक्सफोर्ड र अस्ट्राजेनिकाद्वारा विकास गरिएको कोभिड–१९ विरुद्धको खोपलाई बेलायत सरकारले अनुमति प्रदान गरेको छ । बेलायतमा अस्ट्राजेनिकाको खोपलाई आगामी जनवरी ४ देखि प्रयोगमा ल्याइने तयारी गरिएको छ ।

मेडिसिन एण्ड हेल्थकेयर प्रोडक्ट्स रेगुलेटरी एजेन्सी (एमएचआरए) ले खोपलाई अनुमति दिएसँगै आम मानिसमा खोप वितरण गर्ने बाटो खुलेको हो । बेलायतमा आम मानिसको प्रयोगका लागि मान्यता पाएको कोरोना विरुद्धको यो दोस्रो खोप हो ।

यो खोपलाई सामान्य तापमानमा पनि भण्डारण र यताउता लैजान सकिने अस्ट्राजेनिकाले बताएको छ । फाइजर–बायोएनटेक तथा मोडर्नाले तयार पारेका खोपलाई भने निकै चिसो तापक्रममा भण्डार गर्नुपर्ने भएकाले ओसारपसारमा निकै कठिनाई हुने गरेको छ ।

यो खोपको मुल्य एक डोजको मूल्य दुईदेखि तीन पाउण्डसम्म पर्ने सक्ने सञ्चार माध्यमहरुले जनाएका छन् । उक्त खोप पनि फाइजर( बायोएनटेक जस्तै प्रति व्यक्ति दुई डोज आवश्यक पर्ने बताइएको छ ।

हाल बेलायत लगायत विभिन्न मुलुकमा देखिएको कोरोनाको नयाँ स्वरुप विरुद्ध पनि यो खोप प्रभावकारी हुने बताइएको छ । बेलायत सरकारले अक्सफोर्ड–एस्ट्राजेनेकाको एक सय मिलियन भ्याक्सिन अर्डर गरिसकेको छ, जसमध्ये ४० मिलियन भ्याक्सिन सन् २०२१ मार्चसम्ममा वितरण गरिनेछ ।

बेलायत सरकारले फाइजर(बायोएनटेकद्वारा विकसित गरिएको खोपलाई सबैभन्दा पहिला अनुमोदन गरेर हाल प्राथमिकताका आधारमा वितरण गरिरहेको छ । बेलायतमा हालसम्म ६ लाख १६ हजारभन्दा बढीले फाइजर खोप लगाइसकेका छन् । अस्ट्राजेनिकाको खोप आम जनतालाई दिने बेलायत पहिलो मुलुक हो । एजेन्सी

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर

×

ताजा अपडेट छिटाे जानुहाेस्