काठमाडौं, १५ पुष । स्वास्थ्यमा समस्या आएपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहाललाई अस्पताल भर्ना गरिएको छ ।
बुधबार दिउँसो दाहाललाई ललितपुरको भैंसेपाटीस्थित मेडिसिटी अस्पताल भर्ना गरिएको हो । अहिले उनको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छोरी गंगा दाहालले जानकारी दिएकी छन् ।
छोरी गंगा दाहालले सामाजिक संजालमा सीताको तस्विर सेयर गर्दै उनको उपचार भइरहेको जनाएकी हुन् । सीता दाहाल पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोगले पीडित छिन् । त्यसलाई प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पीएसपी) भनिन्छ । यसअघि उनको अमेरिका स्थित जोन हप्किन्स अस्पतालमा समेत उपचार भएको थियो ।