बला’त्कृत ७ वर्षीया बालिका जीवन–मरणको छटपटीमा, अस्पतालको बेवास्ता, रोकिएन रक्तस्राव

बलत्कार

रौतहट, १६ पुष । अस्पताल भित्र आउजाउ गर्ने बाटो छेउको बेडमा ओठ सुकेकी र अनुहार मलिन भएकी बालिका सुतेकी छन् । बेडकै एक छेउमा आमा र आफन्त उनको अनुहार हेर्दै चिन्तित मुद्रामा छन् ।

गत सोमबार बला’त्कृत ७ वर्षीया बालिकाले उचित उपचार र सुरक्षा नपाएको पीडित परिवारले गुनासो गरेका छन् । ती अवोध बालिका चन्द्रनिगाहपुर सरकारी अस्पतालमा जीवन–मरणको छटपटी व्यहोरिरहेकी छन् । मंगलबार देखि अस्पतालमा राखिएकी उनलाई सामान्य बाहेक उपचार हुन सकेको छैन । बालिकाको बिग्रिँदो अवस्थाले अभिभावक छटपटाइरहेका छन् ।

सोमबार दिउँसो करिब १२ बजे रौतहटको चन्द्रपुर नगरपालिका–७ की बालिकालाई २२ वर्षीय दिनेश दास तत्माले बला’त्कार गरी घा’इते बनाएका थिए । पैसाको प्रलोभन देखाई उनलाई दासले घर नजिकै आम खोला किनारमा लगेर बला’त्कार गरेका थिए । प्रहरीले ती बालिकालाई सोमबारै अस्पताल पुर्‍याएको थियो । त्यसदिन सामान्य उपचार गरी अस्पतालले घर पठाएको थियो ।

घरमा उनको स्वास्थ्यमा थप समस्या आयो । अत्यधिक रक्तश्रा’व भयो । पुनः उपचारका लागि त्यही अस्पताल लगियो । तर, स्वास्थ्यकर्मीले उपचारमा ध्यान नदिएको अधिकारकर्मी र आफन्तले गुनासो गरेका छन् । घ’टना भएकै दिन अस्पताल पुर्‍याउँदा डा. जहुर राइनले प्राथमिक उपचार मात्रै गरेर घर पठाएको पी’डित पक्षको भनाइ छ । मंगलबार पुनः अस्पताल पुर्‍याउँदा पनि वास्ता नगरेको गुनासो छ । धेरै अनुरोध पछि बालिकाको घाउमा टाँका लगाइएको अभिभावकले बताए ।

बुधबार दिउँसो सम्म रक्तस्रा’व रोकिएको छैन । बालिका बोल्न डराउँछिन्। छेउमा बसेकी आमा छोरीलाई केही हुन्छ कि भन्ने चिन्तामा छिन् । बाबु अस्पताल बाहिर र भित्र गरेर छटपटाइरहेका छन् । बला’त्कार जस्तो घ’टनाका पी’डितलाई धेरै भीड हुने ठाउँमा राखिएको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकमा फणि महतले लेखेका छन् ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर