सिंगल हुँदैमा मरिँदैन : रीमा विश्वकर्मा

रीमा विश्वकर्मा

फिल्म ‘स्वर’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी रीमा विश्वकर्मा पछिल्लो समय अभिनयभन्दा उद्घोषणमा बढी जमेकी छिन् । ‘नेपाल आइडल’ को दुई सिरिजमा उदघोषकको रुपमा काम गरेपछि दर्शकको ठूलो वर्गमा चिनिएकी उनी अहिले आफ्नै समुहले निर्माण गरेको कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ मा आबद्ध छिन् । यसमा पनि उनी उद्घोषककै जिम्मेवारीमा छिन् ।

फिल्म र म्यूजिक भिडियोमा पनि काम गर्दै आएकी उनको पछिल्लो रिलिज फिल्म ‘मिस्टर नेपाली’ हो । यसमा उनको जोडी अभिनेता भुवन केसीसँग बाँधिएको थियो । तर, यो फिल्मले उनको असफलताको श्रृंखलामा पूर्णविराम लगाउन सकेन । उनले लकडाउन भन्दा अगाडि फिल्म ‘हिजो आजका कुरा’ मा काम गरेकी थिइन् । यसपछि भने उनले नयाँ फिल्म साइन गरेकी छैनन् ।

अभिनय होस् वा रियाटली शो उनी जहाँ रहेपनि उनलाई मिडिया तथा प्रशंसकको एउटा प्रश्न भने सधैँ तेर्सिने गर्दछ ‘विवाह कहिले गर्ने ?’ अहिले एक प्रशंसकले पनि उनलाई इन्सटाग्राम मार्फत् यहि प्रश्न राखेका छन् । जसको जवाफमा उनले लेखेकी छन्, ‘सिंगल हुँदैमा मरिँदैन । हतारमा रिलेसनसिपमा बस्नु पनि ठीक हुँदैन । त्यसैले मैले यो फैसला समयलाई छाडेको छु ।’ उनको लेखाइले सिंगलमै खुसी रहेको बुझ्न सकिन्छ ।

अभिनय करियरमा खासै राम्रो फिल्म दिन नसकेकी उनले २०७२ सालमा रोवर्ट विश्वकर्मासँग विवाह गरेकी थिइन् । तर, सो विवाह दुई बर्षभन्दा बढी टिक्न सकेन । त्यसपछि उनी सिंगल रहदै आएकी छन् ।

रीमा विश्वकर्मा
तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर