फ्रान्समा कोरोनाको सङ्क्रमण बढ्दै गएपछि १५ क्षेत्रमा रात्रिकालिन निषेधाज्ञा

फ्रान्समा लकडाउन खुकुलो बनाईंदै

फ्रान्समा कोरोना भाइरसको सङ्क्रमण दर बढ्दै गएपछि नियन्त्रणका लागि देशका विभिन्न १५ क्षेत्रमा रात्रिकालिन निषेधाज्ञाको घोषणा गरिएको छ । सरकारले साविकको ८ बजेपछिको निशेधाज्ञालाई ६ बजेबाट सुरू गर्ने बताएको छ । कोरोनाका कारण बढी प्रभाभित मुलुकको भुमध्य सागरीय क्षेत्रस्थित प्रमुख सहर निस लगायतका स्थानमा यो नियम लागु हुनेछ ।

देशको राजधानी पेरिस तथा पेरिस पूर्वका क्षेत्रमा भने सङ्क्रमण नियन्त्रणका लागि अपनाइएको थप नियम बाध्यकारी हुनेछैन । “फ्रान्समा कोरोना भाइरसको फैलावटमा निरन्तरता देखिएको तर क्षेत्रगत रूपमा यसको प्रभाव कम र बढी रहेकोले बढी प्रभावित क्षेत्रमा साँझ ६ बजेदेखि नै अति आवश्यक बाहेकका गतिविधिमा रोक लगाइएको छ,” सरकारका प्रवक्ता गाब्रियल अतलले नयाँ कदम बारे जानकारी गराउँदै भने ।

उनलाई उद्धृत गरी फ्रान्सको टीएफ–वनद्वारा प्रशारित समाचारमा भनिएको छ, “यदि निश्चित क्षेत्रमा अवस्था थप विग्रँदो भएमा हामीले आवश्यक निर्णय लिनेछौँ ।” फ्रान्समा कोभिड–१९ सङ्क्रमण भएकाको सङ्ख्या २६ लाख २० हजारभन्दा बढी पुगेको छ भने ६४ हजार ६३२ जनाको मृत्यु भएको छ ।

टीएफ–वनका अनुसार जर्मनी र फ्रान्सले गत हप्ताको अन्त्यमा कोभिड–१९ विरुद्धको खोप सर्वसाधारणको प्रयोगका लागि अनुमति दिएपनि अहिलेसम्म फ्रान्समा ३३२ जनाले मात्र खोप सेवा लिइसकेका छन् । जर्मनीमा भने खोप लिइसकेकाको सङ्ख्या एक लाख ३० हजार पुगेको छ ।

स्वास्थ्यमन्त्री अत्तलले फ्रान्सले खोप सेवालाई सुरूमा पाका व्यक्तिलाई केन्द्रित गरेको र सँगसँगै यसको जोखिमको प्रभावलाई समेत अध्ययन गरिरहेकोले सेवा केही ढिलो भएको बताए । करिब ६ महिना चलाइने अभियानलाई केही दिनमा तुलना गरिहाल्न र यसबाट निष्कर्ष निकाल्नु गलत हुने उनको दावी थियो । एजेन्सी

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर