उदयपुर, १८ पुष । उदयपुरको बेलका नगरपालिका– ३ मा छ वर्षीया बालिका बला’त्कार गरेको अ’भियो’गमा एक ५९ वर्षीय पुरुष पक्राउ परेका छन् । इलाका प्रहरी कार्यलय रामपुर ठोक्सीलाका अनुसार बालिका बला’त्कार अ’भियो’गमा पक्राउ पर्नेमा बेलका–३ का ५९ वर्षीय खड्ग बहादुर विक रहेका छन् ।
बालिका बला’त्कार गरेको जा’हेरी शुक्रबार इप्रका रामपुरमा परेपछि विकलाई प्रहरीले पक्राउ गरेको इलाका प्रहरी कार्यालयका प्रमुख तेजबहादुर दाहालले बताए । पी’डित भनिएकी बालिकाको शुक्रबार साँझ नै जिल्ला अस्पताल उदयपुरमा स्वास्थ्य जाँच गराइएको र अहिले स्वास्थ्य सामान्य रहेको प्रहरीले जनाएको छ ।